मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायक सरोज खनालको आर्टस् एकाडेमी सुरु

नायक सरोज खनालको आर्टस् एकाडेमी सुरु


काठमाडौँ । चलचित्र अभिनेता सरोज खनालको काठमाडौँस्थित दरबारमार्गमा ‘माला आर्टस् एकाडेमी’को शनिबार शुभारम्भ गरिएको छ । 
 
चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध निर्देशकसमेत रहेका अभिनेता खनालले बताए । 
 
शनिबार कलाकारहरुको उपस्थितिमा एक कार्यक्रममा उद्घाटन गरिएको कला एकाडेमीमा औपचारिक कक्षा भने आगामी मंसीर महिनाबाट सुरु हुने जनाइएको छ । 
 
कलाकर्ममा लागेकाले पछिल्लो पुस्तालाई नयाँ बाटो देखाउने अभियान एकाडेमी भएको भन्दै उनले चलचित्र क्षेत्रमा योगदान दिने प्रयास थालेको खनालको भनाइ छ । 
 
सो क्रममा कवि तथा गीतकार वसन्त चौधरीले कलाकार देश चिनाउने सच्चा राजदूत भएको भन्दै एकाडेमीले कला क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 
नाटककार हरिहर शर्माले राष्ट्रको वास्तविक समृद्धि नै सांस्कृतिक समृद्धि भएको उल्लेख गर्दै संस्कृति, कला, भाषा र साहित्यलाई समृद्धि बनाउनुपर्नेमा जोड दिए । यसका लागि अध्ययनको खाँचो रहेको र यस्तै प्रतिष्ठानबाट दक्ष कलाकार उत्पादन भएपछि मात्रै कला, साहित्यलाई समृद्ध पार्न सकिने उनले औँल्याए । 
 
सो क्रममा कलाकार शिव श्रेष्ठ, गौरी मल्ल, सुनील थापालगायतले प्रतिष्पर्धात्मकरुपमा अगाडि बढेको नेपाली चलचित्र क्षेत्रमा दक्षजनशक्ति उत्पादनमा एकाडेमीको भूमिका महत्वपूर्ण हुने बताएका थिए । 
 
एकाडेमीका अध्यक्ष चन्द्रमाला शर्माले अभिनय कलालाई चुस्त बनाउन एकाडेमीले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । यहाँ तीन महिने कक्षा चलाउने र यसको शुल्क रु ६० हजार रुपैयाँ लाग्ने जनाइएको छ । 
 
माला कला एकाडेमीलाई प्रोडक्सन हाउसका रुपमा समेत विकास गरिएकाले चलचित्र निर्माणसमेत गर्ने योजनासमेत रहेको खनालले जानकारी दिए ।