मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

२८ हजार डलरसहित चितवनका युवा रसुवामा पक्राउ

२८ हजार डलरसहित चितवनका युवा रसुवामा पक्राउ


काठमाडौँ । काठमाडौँबाट रसुवागढी जाने क्रममा दुई युवा २८ हजार ६ सय अमेरिकी डलरसहित रसुवामा पक्राउ परेका छन् ।
 
काठमाडौंबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियो गाडी चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । 
 
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–७, सौराहाका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका–९, सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी रहेका छन् ।
 
उनीहरुलाई गोसाइँकुण्ड गाउँपालिका–६, त्रिशूली खोलाबाट शनिबार बिहान ८ं।४५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
पक्राउ परेका दुवै जनालाई राजस्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए ।