मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्रम्पबाटै नियुक्त न्यायाधीशबाट आयो यस्तो फैसला

ट्रम्पबाटै नियुक्त न्यायाधीशबाट आयो यस्तो फैसला


हिमालयखवर संवाददाता- 
वासिङटन डिसी (अमेरिका) । फेडरल न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रेस स्वतन्त्रता विरोधी कार्यलाई गैर संबैधानिक ठहर गरेका छन् । 
 
सिएनएनका वरिष्ठ संवाददाता जिम अकोस्टाको ह्वाइट हाउस प्रवेशको प्रेसपास रद्ध गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई न्यायाधीश तिमोथी केलीले असंबैधानिक ठहर गर्दै प्रेसपासलाई पूर्ववत कायम गर्न निर्देशन दिएका छन् । न्यायाधीश केली राष्ट्रपति ट्रम्पबाटै नियुक्त हुन् ।
 
गत साता आफुलाई कडा प्रश्न गरेको रिसमा ट्रम्पले सिएनएनका पत्रकार अकोस्टाको प्रवेश पास रद्ध गर्न आदेश दिएका थिए । सो घटनापछि ट्रम्पले आफ्नो सपोर्टर मिडिया समेत गुमाएका छन् । आफैंले नियुक्त गरेका न्यायाधीशले समेत उनको कदमलाई साथ दिएनन् ।
 
‘मलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद र आभारी छु, मेरो पक्षमा फैसला गर्ने न्यायाधशीयलाई पनि धन्यवाद छ,’ अकोस्टाले शुक्रबार बिहान डिस्ट्रिक्ट कोर्टको बाहिर जम्मा भएका पत्रकारहरुसँग भने । फैंसला पछि निकै उत्साहित देखिएका अकोस्टाले अगाडी भने–‘अब सबैजना आफ्नो काममा जाउँ ।’ तस्बिर : सामाजिक संजाल