मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्कका ६७ बर्षियलाई प¥यो ३४ करोड डलरको चिठ्ठा

न्यूयोर्कका ६७ बर्षियलाई प¥यो ३४ करोड डलरको चिठ्ठा


हिमालयखवर संवाददाता- 
न्यूयोर्क (अमेरिका)। नेपालमा दशैं तिहारमा खुल्ने खसी उपहारको चिठ्ठा पर्नु त ठूलो भाग्यको कुरा हुन्छ । तर करोडौं डलरको चिठ्ठा पर्नुलाई के भन्ने ? ‘महाभाग्य’ या यस्तै कुनै शव्द ? 
 
न्यूयोर्कका एक व्यक्तिको यस्तै महाभाग्य चम्किएको छ । रोबर्ट बेली नाम गरेका एक व्यक्तिले पावरबल चिठ्ठामा ३४ करोड ३८ लाख अमेरिकी डलर पाएका छन् । गत महिना खुलेको पावरबल दुईजनालाई परेको थियो । 
 
६७ वर्षका रिटायर्ट सरकारी कर्मचारी बेलीले विगत २५ वर्षदेखि त्यही नम्बरको चिठ्ठा खेलिरहेका थिए । उनले हजारौं डलर खर्च गरिसकेका थिए । तर अघिल्लो महिना त्यही नम्बर ज्याकपट विजेता भएको थियो । 
 
चिठ्ठा खुलेको दिन उनले अनलाइनमा चेक गरे । विजेता नम्बर उनलाई आफ्नै जस्तो लाग्यो । हो रहेछ । उनी थचक्क सोफामा बसे र टिभीमा केही शोहरु हेर्न लागे । उनको मन भने त्यति ठूलो रकम के गर्ने भनेर वेचैन थियो । उनले सिएनएनसँग भनेका छन्–‘त्यो रात म झिमिक्क पनि निदाउन सकिन ।’
 
कर लगायत सबै कट्टी गरेर न्यूयोर्क लोटरीले उनलाई १२ करोड ५३ लाख ९६ हजार ६ सय ९० डलरको चेक दिएको छ । ‘यो रकमलाई मैले कुनै राम्रो काममा खर्च गर्नेछु,’ उनले भनेका छन् । 
यति ठूलो रकम जितिसकेपछि लाग्दो हो–उनले चिठ्ठा किन्न वा खेल्न बन्द गर्नेछन् । तर होइन । उनले बाचुन्जेल त्यही नम्बरको चिठ्ठा किनिरहने बताए । गत अक्टोबर २७ खुलेको पावरबल चिठ्ठाको रकम बढेर ६८ करोड ७० लाख डलर पुगेको थियो । 
 
आयोहाकी ५१ बर्षिय लेरेन वेस्टलाई पनि त्यतिनै रकमको चिठ्ठा परेको थियो । दुईजनालाई बाँडेर उक्त चिठ्ठा परेको थियो । 
 
अमेरिकामा साताको दुई पटक खुल्ने पावरबल र मेगामिलियन चिठ्ठाका कारण धेरैको जीवन चम्किएको छ । दुई डलरमा किन्न पाइने यी चिठ्ठा पर्न त निकै चर्को प्रतिस्पर्धा हुन्छ । तर पर्दैन भन्ने पनि छैन । चिठ्ठा किनिरहेमा थोरै भएपनि पर्ने संभावना हुन्छ । तर किन्दै नकिनेमा संभावना हुँदैन । तस्बिर: सामाजिक संजाल 
 
पावरबल परिहाल्यो भने तपाई चाँही के गर्नुहुन्छ ?