मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको विवास्पद अमेरिका भ्रमण

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको विवास्पद अमेरिका भ्रमण


हिमालयखवर संवाददाता
अमेरिका- प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि भनेर नेपालवाट थाइल्याण्ड गएका थिए । तर, उनी तीन दिन अघि एकाएक अमेरिकाको आईपुगेपछि अहिले यो भ्रमणलाई लिएर विवाद र विभिन्न शंका गर्दै टिकाटिप्पणी भएको छ ।
 
युवा मुख्यमन्त्री राई किन अमेरिका आए ? यसवारेमा नेपाल सरकार र प्रदेश सरकारले कुनै औपचारिक जानकारी दिएको छैन । अमेरिकाको न्यूर्योक एयरपोर्टमा मुख्यमन्त्री राईलाई त्यहां स्थित नेपालको महावाणिज्य दुतावासका कर्मचारीले समान्य स्वागत गरेका थिए । यसवाहेक अमेरिकामा खुलेका नेपाली समुदायका केही संघ संस्थाका प्रतिनिधिले राईलाई एयरपोर्टमा स्वागत गरेका थिए ।
 
राई न्यूर्योकवाट बाल्टिमोर हुदैंै वासिंटन डीसी आएको थिए । बाल्टिमोरमा अवैतनिक बाणिज्य दुत प्रेमराजा महतले राईलाई आफ्नो नीजि नेपाल हाउसमा लगेका थिए । डीसी स्थित नेपाली दुतावासले मुख्यमन्त्री राईको भ्रमणका वारेमा केही औपचारिक जानकारी भने गराएको छैन ।
 
मुख्यमन्त्री राई आफ्ना सहयोगीका साथ अमेरिका आएका थिए । उनी नेपालीले आयोजना गरेका विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममा सहभागी भएका थिए ।
 
युवा मुख्यमन्त्री राई यस अघिपनि अमेरिका आउने योजनामा थिए । उनलाई अमेरिकामा हुन लागेको नेपालीको कार्यक्रममा सहभागी हुन निम्त्तापनि पठाईएको थियो । तर, नेपाल सरकारले उनको भ्रमणलाई अस्विकृत गरेको थियो ।
 
स्वास्थ्य उपचारका लागि थाइल्याण्ड गएका राई अमेरिकामा भने दन्तुरुस्त देखिएका थिए । उनले अमेरिकामा न्यूर्योक वाल्टिमोर र वासिंटन डीसीमा सडक यात्रा पनि गरे । भाषण पनि गरे । अमेरिका आउन थाइल्याण्ड उपचारका लागि जाने बहाना मात्र हो कि भन्ने आशंका पनि गरिएको छ ।
 
मुख्यमन्त्री राईको अमेरिका भ्रमणका विषयमा लेखिएको समाचारलाई लिएर पत्रकार लोकमणि राईलाई मुख्यमन्त्रीका सहयोगीले हातपात गरेकाले अर्को विवाद थपिएको छ । पत्रकार लोकमणि राईले आफ्नो फेसबुकमा 'मुख्यमन्त्री राईको समाचार लेखेको विषयलाई लिएर उनका निकट सहयोगी पारुहागं राईका सोल्टी उमेश राईले अमेरिकामा मार्ने उद्देश्यले हातपात गरेको' सार्वजनिक गरेका छन् । यो अहिले अमेरिकामा पुलिस केश भएको छ ।
 
पत्रकार राईले आफुमाथी हातपात गर्नेलाई कारवाहीको माग गरेका छन् । पत्रकार राईले पिएमलाई कोला झण्डा सिएमलाई सम्मान भनेर समाचार लेखेका थिए ।