हिमालयखवर संवाददाता
मेरिल्याण्ड (अमेरिका)- मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट सदश्यका लागि मगंलवार भएको निर्वाचनमा नेपाली मुलका अमेरिकी ह्यारी भण्डारी विजयी भएका छन् । तीन जना निर्वाचन हुने उक्त स्थानमा ह्यारी दास्रो स्थानमा आई जित हासिल गरेका हुन् ।
प्रारम्भिक मतगणनामा उनी दोस्रो स्थानमा परेका थिए । यो अन्तिम सम्म पनि कायम रहंदा ह्यारी सजिलै विजयी भएका थिए । मेरिल्याण्डमा ह्यारीको चुनावी अभियानलाई सघाईरहेका पत्रकार गौतम दाहालले उक्त जानकारी दिएका हुन् । ह्यारीको पक्षमा २० हजार ९ सय ७७ मत पाएका थिए ।
ह्यारी हाउस अफ डेलिगेट क्षेत्र ८ मा डेमोक्र्याट पार्टीवाट उम्मेदवार थिए् । उनको यो जितसंगै अमेरिकी राजनीतिमा सवैभन्दा माथिल्लो पदमा निर्वाचित हुने उनी पहिलो नेपाली अमेरिकी भएका छन् ।
प्रतिक्रिया