मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भोट हाल्ने एउटै दलमा तर नेपालको राजनीतिलाइ लिएर मतभिन्नता

भोट हाल्ने एउटै दलमा तर नेपालको राजनीतिलाइ लिएर मतभिन्नता


ड्यालस (अमेरिका) – अमेरिकामा रिपब्लिक पार्टीका सदस्य रहेका राम सी पोखरेलले अघिल्लो साता फेसबुकमा एउटा स्टाटस लेखे । पोखरेलले लेखेको स्टाटस अमेरिकाको राजनीतिमा चासो राख्ने धेरैलाई बहशको विषय बन्यो ।
 
पोखरेलले टेक्सस सिनेटरका लागि आफूले टेड क्रुजलाईनै उपयुक्त देखेकोले भोट हाल्ने स्टाटस राखेका थिए । त्यो स्टाटसमा क्यालिफोर्नियाका रोजर अधिकारीदेखि लिएर न्यूयोर्कका रविन बज्राचार्यले कमेन्ट गरे ।
 
क्यालिफोर्नियाका रोजर अधिकारी डेमोक्रेट पार्टीका सदस्य हुन । डेमोक्रेटीक पार्टीको ट्रेसी कमिटीको नेतृत्व समेत गरिसकेका व्यक्तित्व हुन् अधिकारी । अधिकारीले अमेरिकाको समुन्नतिका लागि डेमोक्रेटीक पार्टी सबैभन्दा उपयुक्त रहेको धारणा राखे । 
 
यस पटककको अमेरिकी चुनावमा नेपाली समुदायको निकै चासो छ । चासो बढ्नुमा पहिलो त नेपाली मुलका व्यक्तिहरूले ठाउँठाउँमा उम्मेदवारी दिएका छन् । मेरिल्याण्ड राज्यको तल्लो सदनका लागि ह्यारी भण्डारी डेमोक्रेटिक पार्टीबाट चुनावी दाैडमा छन् । अन्य राज्यका सिटीहरूमा पनि नेपाली मुलका उम्मेदवारहरू प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूका उम्मेदवारीले पनि नेपाली समुदायलाइ विगतमा भन्दा यसपटक चुनाव लागेको छ ।
 
दोस्रो तथ्य हो, यसपटक मतदान गर्न योग्य अर्थात नागरिकता लिएका नेपालीहरू प्रशस्त छन् । टेक्ससको ट्यारेन्ट काउन्टीमा मात्र झण्डै एकहजार दुइसय नेपालीमुलका मतदाताहरू छन् । 
 
चुनावको दिनभन्दा पहिलेनै भोट हाल्न पाउने व्यबस्था अमेरिकामा गरिएको हुन्छ । जसलाई अर्लि भोटिङ भनिन्छ । धेरै नेपालीहरुले चुनावको दिनमा लाइन बसेर भोट हाल्नुभन्दा पहिलेनै गएर अर्लि भोटिङको समयमा आफु बसेको सिटीको पायक पर्ने स्थानमा पुगेर मतदान गरेका छन् ।
 
‘यसपटक पहिलेभन्दा धेरै नेपाली समुदायले मतदान गरेका छन्,’ ड्यालसको युलेसमा बस्दै आएका प्रभात दीक्षितले भने । दीक्षित आफै पनि नेपाली समुदायलाई मतदानमा जागरुक बनाउन यसपटक निकै खटिएका थिए । 
 
नेपाली समुदायका धेरैले डेमोक्रेट पार्टीमा मतदान गरेका छन् । समुदायका चिनिएकामध्य केहीले रिपब्लिकन पार्टीमा मत मागेर सकृयता देखाएका छन् । 
 
नेपालमा जुनसुकै पार्टीमा आवद्ध भएको, भोट हालेको विगत भएपनि अमेरिकामा भने डेमोक्रेट पार्टी रुचाउने र त्यसैलाई मत हाल्ने नेपालीको संख्या अत्यधिक छ । नेपाली कांग्रेस निकट रहेर राजनीति गरेको होस् या एमाले, चाहे राप्रपा । सबै दलका कार्यकर्ताहरु अमेरिकामा आएपछि धेरैजनाले डेमोक्रेट दललाई रुचाएको देखिन्छ ।
 
‘मलाई चाँही व्यक्तिगत रुपमा टेड क्रुजको ड्यासिङ पावर, व्यक्तित्व मन पर्छ,’ टेक्ससका पोखरेलले भने ।
 
उता नेपालमा छँदा एमालेको विद्यार्थी संगठनको केन्द्रिय नेतृत्वमै रहेर काम गरेका विजयराज भट्टराईले पनि डेमोक्रेट पार्टीको नीति मन परेका कारण मतदान गरेको बताए । 'हामी अाप्रवासीप्रति उदार नीति लिँदै अाएको छ डेमोक्रेट पार्टीले' भट्टराईले भने ।  
 
टेक्ससकै देवीप्रसाद अाचार्य रिपब्लिकन पार्टीको सदस्य छन् । विगत अाठ वर्षदेखि उनी रिपब्लिकन पार्टीमा अावद्ध भएर सकृय छन् । 'डोनाल्ड ट्रम्पलाइ मन पराएर त होइन, तर म पहिलेबाटै रिपब्लिकन पार्टीमा सकृय छु,' उनले भने । 
 
नेपालमा छँदा चाहे नेपाली कांग्रेसमा अावद्ध भएर राजनीति गरेको होस् या एमालेमा रहेर । राप्रपामै रहेर काम गरेकाहरूमध्य अधिकांशले अमेरिकामा भने डेमोक्रेटीक पार्टीलाइ रूचाउँछन् । ती मध्य कतिपयले डेमोक्रेटीक पार्टीमा अावद्ध भएर सकृयता पनि देखाइरहेका छन् । 
 
'मेरो पारिवारीक पृष्ठभूमिनै नेपाली कांग्रेस हो, मेरा बुबा कांग्रेसमा निकै सकृय हुनुहुन्थ्यो' क्यालिफोर्नियाका रोजर अधिकारीले भने । अमेरिकामा बसेपछि यहाँको समाजसँग मिक्सअप हुनुपर्ने, सकृय हुने बानीले गर्दा उनी डेमोक्रेट पार्टीमा सदस्य भएर सकृय भएका हुन् ।  
 
देवी अाचार्य लामो समयदेखि टेरेन्ट काउन्टीको मेम्बर छन् । अार्लिङटन सिटीमा बस्दै अाएका अाचार्यले अागामी दिनमा उम्मेदवारी दिने योजना समेत बनाएका छन् । 
 
नेपालमा जुनसुकै पार्टीमा रहेर काम गरेको, अावद्धता रहेपनि अमेरिकामा अाइसकेपछि दुइवटा विकल्पमात्र छन् । यात डेमोक्रेटिक पार्टी वा रिपब्लिकन । 
 
नेपालीहरू अमेरिकाका दुबै पार्टीमा अावद्ध छन् । तर नेपालको विचारधाराले यहाँको अावद्धता, संलग्नतामा कुनै फरक पारेको छैन । नेपालका चाहे नेका हुन् या वामपन्थी दुबै विचारधारा बोकेकाहरू अमेरिकामा डेमोक्रेटिक पार्टीमा सकृय छन् । अनि रिपब्लिकन पार्टीमा सकृय पनि छन् । 
 
अमेरिकामा रहेका कांग्रेस निकट जनसम्पर्क समिति र वामपन्थी निकट प्रवासी मञ्च दुबैका नेताहरूमध्य अधिकांशको झुकाव डेमोक्रेटिक पार्टीतिर छ । डेमोक्रेटिक पार्टीका नेताको चुनावी प्रचार प्रसारमा नेपालीहरू जुटेका छन् । भोट पनि डेमोक्रेटिकलाइ हाल्छन् । 
 
अमेरिकामा एउटै दलको कार्यकर्ता हुने, तर नेपालको दलीय विचारधारालाइ लिएर पानी बाराबारको अवस्था नेपाली समुदायबीचनै बेलाबखतमा देखिन्छ । यस्तो प्रवृत्तिलाइ कम गर्दै नेपाली समुदायको हितलाइ सहयोग गर्ने उम्मेदवारहरूलाइ सहयोग गर्नुपर्ने धारणाले अहिले विस्तारै स्थान पाउँदै गएको छ । 
 
अमेरिकामा भोट हाल्ने बेलामा एउटै दललाइ हाल्ने, यहाँ एउटै दलका शुभेच्छुक छन् । तर नेपालको राजनीतिक दल र विगतको संबद्धतालाइ लिएर बिभाजन, गालीगलाैज ठीक होइन । यसलाइ सुधारेर अब नेपाली समुदाय यहाँ जुन दलमा लागेपनि एक भएर अघि बढेमा अमेरिकामा रहेका समुदायले छिट्टैनै प्रभाव देखाउन सक्ने धारणा समुदायका अगुवाहरूको छ ।तस्बिर : सामाजिक संजाल