मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पैतीस प्रतिशत वृद्धभत्ता दुरूपयोग

पैतीस प्रतिशत वृद्धभत्ता दुरूपयोग


हिमालयखबर संबाददाता-
ड्यालस (अमेरिका) । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालमा वितरण भैरहेको ३५ प्रतिशत वृद्धभत्ता गलत व्यक्तिको हातमा पुगिरहेको बताएका छन् ।
 
नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थले सोमबार अायोजना गरेको कार्यक्रममा डा. महतले कतिपय मरेका मान्छेहरूको, हुँदै नभएका व्यक्तिहरूले समेत वृद्धभत्ता लिइरहेकोले दुरूपयोग भएको सार्वजनिक गरे । उनले वृद्धभत्तालाइ देशले धान्न सक्ने गरि मात्र बाँड्नुपर्ने र गरिब, निमुखाहरूले मात्र पाउनुपर्ने भन्ने पक्षमा अाफू रहेको उल्लेख गरे । 
 
'देशले धान्नसक्ने हदमा जानुपर्यो, अावश्यक हुनेलाइमात्र बाँड्नुपर्यो । हुनेखानेलाइ किन बाँड्ने ? जो असहाय छ त्यसलाइ दिनुपर्छ,' डा. महतको भनाइ थियो । 
 
हुनेखानेलाइ अमेरिकामा जस्तैगरि कन्टीव्युटरी पेन्सन सिस्टम लागुगर्नुपर्ने पूर्वअर्थमन्त्री डा. महतको धारणा छ । 'घरमा नहुनेलाइ राज्यले सुरक्षा गर्नुपर्छ । देशको दीर्घकालिन हितलाइ ध्यान दिनुपर्छ,' उनले भने । 
 
जनसम्पर्क समितिले नेपाली चाड दशैँ तथा तिहारको अवसरमा अायोजना गरेको शूभकामना अादान प्रदान कार्यक्रममा सहभागी हुन ड्यालस अाएका डा. महतले यहाँ रहेका नेपालीहरूलाइ नेपालको राजनीतिक अावद्धता, विचारधाराका अाधारमा विभाजित नहुन समेत अाग्रह गरे । 
 
'विदेशमा हामी सबै नेपाली हाँै, देशभित्रको पार्टीका झगडा यहाँ नहोस्, पार्टी भित्रका अान्तरिक द्वन्दका झगडा पनि यहाँ नगर्नुस्,' डा. महतले भने । उनले विदेशमा सबै नेपालीले अाफूलाइ नेपालीका रूपमा परिचय गराउनुपर्ने र नेपालका पार्टीका मुद्धालाइ लिएर यहाँ घमासान युद्ध गर्न जरूरी नभएको बताए । 
 
'नेपालको पार्टीकै मुद्धालाइ लिएर ठूलो घमासान युद्द गर्नु तपाइहरू बसिरहेको देशले पनि ठीक मान्दैन, हामीलाइ पनि ठीक लाग्दैन । एउटै पार्टी जनसम्पर्क समितिमा पनि यति ठूलो विवाद राम्रो होइन,'निकै खरो रूपमा प्रस्तुत हुँदै डा. महतले भने । उनले सबै मिलेर राष्ट्रनिर्माणमा योगदान गर्न र जुन जुन पार्टीमा शुभेच्छुक रहेको हो त्यसैबाट त्यहाँ दवाव दिन समेत अाग्रह गरे । 
 
उनले अहिले देशमा संबिधान बनेर चुनाव, संघीय सरकारहरू बनेको भएपनि सजिलो अवस्था नरहेको जानकारी दिए । 'संबिधान त बन्यो, एउटा संक्रमण त सकियो । साँच्चिको ठूलो संक्रमण सकिएको छैन । कार्यान्ववनय गर्ने काम त्यो भन्दा बढी कठिन,' उनले भने । 
 
अाफू पहिलेदेखिनै देशले धान्न सक्ने संघीयताको पक्षमा मात्र रहेको उल्लेख गर्दै डा. महतले सबै रोगको समाधान संघीयता नभएको बताए । देशमा ३५३ वटा सरकार रहेको, तिनले जथाभावी हावादारी निर्णयहरू गररहेका समेत जानकारी दिए । 
देशमा संबिधान लागु गराउनका लागि इन्स्टिच्युसनल क्षमता तयार गर्नेतिर लाग्न जरूरी देखिएको समेत बताए । 
 
नेपालमा वर्क कल्चर सही नभएको, सुशासन नहुँदा समस्या थपिएको अनुभव समेत उनले सुनाएका थिए । पाँच पटक अर्थमन्त्री भएका डा. महतले अमेरिकामा रहेका नेपालीहरूलाइ नेपालको जुनसुकै राजनीतिक विचारधारा बोकेपनि यहाँ मिलेर बस्न पटक पटक सुझाव दिएका थिए । 
 
जनसम्पर्क समितिभित्रकै विवाद, विभाजनका घटनाले निकै चिन्तित डा. महतले पार्टीभित्रको अान्तरिक द्वन्दको झगडा पनि अमेरिकामा नगर्न सुझाव दिए । 
कार्यक्रमममा जनसम्पर्क समिति डिएफडब्लुका सभापति ज्ञानेन्द्र कार्कीले जनसम्पर्क समितिलाइ कांग्रेसले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जरूरी रहेको बताए । उनले अबको भूमिका बसिरहेको भूमिको राजनीतिमा सहभागिता, सबै संस्थालाइ जुटाएर अघि बढ्नेतिर लाग्नुपर्ने प्रस्ताव गरे । 
 
कार्यक्रममा स्वागत गर्दै जनसम्पर्क समिति वेस्ट टेक्ससका सभापति हरिबोल भण्डारीले नेपाली कांग्रेसलाइ टुक्राटुक्रा बनाएर विभाजन गर्ने काम रोकिनुपर्नेमा जोड दिए । भण्डारीले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा डा. महतजस्ता अर्थविद्हरूकै नीतिले गर्दा अान्तरिक  द्वन्दमा एक दशक रूमल्लिएको भएपनि नेपालको अर्थतन्त्रले ठूलो दुर्घटना ब्यहोर्नु नपरेको स्मरण गरे । उनले जनसम्पर्क समितिको अधिवेशन गर्न रोकिएको प्रति गुनासो राख्दै तत्काल बाटो खोलिदिनका लागि अाग्रह गरेका थिए । 
 
त्यस अवसरमा नेपाली कांग्रेसका नेता कृष्णलाल सापकोटा, खेमराज सेढाइ, प्रवासी मञ्चका भीम कार्की, नेपाली सांस्कृतिक तथा अाध्यात्मिक केन्द्रका महासचिव सुरेशचन्द्र पोखरेल, एनअारएनका बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, लायन्स क्लबका पूर्ब अध्यक्ष बिएन पन्त, जनसम्पर्क समितिका उपसभापति भगवान मैनाली, धादिङ कांग्रेसका नेता दिलमान पाख्रिन लगायतले शूभकामना व्यक्त गरेका थिए ।