मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलसमा नेवा समुदायको म्ह: पुजा गरिदै

लस एन्जलसमा नेवा समुदायको म्ह: पुजा गरिदै


नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले नोभेम्बर ८ बिहिबारका दिन म्हः (आत्म) पूजाको आयोजना गरिएको छ । 
 
प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी पुस्तालाई समेत आफ्नो संस्कृति प्रति सु-सूचित गराउने उद्द्देस्यका साथ संस्थाको स्थापना देखि नै म्हः पूजाको आयोजना गर्दै आइरहेको संस्थाका सचिव बिमल श्रेष्ठले बताए । 
 
आर्टेसिया शहरको तारा हिमालयन कुजिनामा साँझ ६ :००बजे देखि हाम्रो पर्व, हाम्रो गर्व, हाम्रो परिचयको रुपमा कार्यक्रम शुरु हुने अध्यक्ष दुर्गा श्रेष्ठले जानकारी दिएका छन् ।
 
यसै अबसरमा मिस नेवा: ११३८ रिजु मानन्धरले नेवारी संस्कृतिको बारेमा प्रस्तुति समेत दिने भएकी छिन् । 
 
म्हः पूजा नेवारी समुदायको ठुलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ र परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ । 
 
संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम सफल हुनको साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।
 
स्थापनादेखि लस एन्जलसमा धर्म संस्कृति जोगाउने यस्तै कार्यक्रमहरु गर्दै आइरहेको संस्थाले यस बाहेक रक्तदान, यमरी पूजा लगायतका कार्यक्रम समेत गर्दै आएको छ ।