मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

सिकागोमा सांगीतिक धमाकाको तयारी

सिकागोमा सांगीतिक धमाकाको तयारी


सिकागो (अमेरिका) – बिगतका बर्षमा बडा दशैँको समयमा सांगीतिक कार्यक्रम गर्दै आएको सिकागोल्याण्ड नेपाली फ्रेन्डशीप सोसाइटीले यो बर्ष स्थानीय संस्थासँगको सहकार्यमा सांगितीक कार्यक्रम गर्न लागेको छ । 
 
यसपटक सिकागोल्याण्ड थारु सोसाइटीसँगको सहकार्यमा दशैँ तिहार सांगीतिक धमाका गर्न लागिएको हो । नोभेम्बर ३ तारिख शनिबार देभन स्थित नर्थ्सोर बैङ्क्ट हलमा सांगीतिक धमाका हुनेछ । 
 
सांगितीक कार्यक्रमका लागि कलाकार बिमल डाँगी,  मुना थापा आउने निश्चित भएको आयोजकहरुले बताएका छन् ।
 
तिहारको पुर्व सन्ध्यामा आयोजित हुन लागेकोले स्थानीय कलाकारहरुको देउसीभैलो र दशैँ सम्बन्धि गीतहरु समेटिने सांगीतिक उपसमितिका मिन दर्लामीले बताए ।