मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति ट्रम्प अमेरिकामा जन्म लिनेले स्वत नागरिकता पाउने प्रावधानको विपक्षमा

राष्ट्रपति ट्रम्प अमेरिकामा जन्म लिनेले स्वत नागरिकता पाउने प्रावधानको विपक्षमा


हिमालयखवर संवाददाता
अमेरिका- विदेशी अप्रावासीप्रति कडा नीति आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अझ निरन्तरता दिदैं अमेरिकामा जन्मने विदेशी आमा बाबुका सन्तानले स्वतः अमेरिकी नागरिकता पाउने प्रावधान परिवर्तन गर्ने पक्षमा रहेको सार्वजनिक गरेका छन् ।
 
एक अन्तवार्ता मार्फत राष्ट्रपति ट्रम्पले अमेरिकी भूमिमा जन्मिने बालबच्चाले स्वत अमेरिकी नागरिकता पाउने संवैधानिक व्यवस्था समाप्त गर्ने पक्षमा आफू रहेको बताएका हुन् ।
राष्ट्रपतिलाई यो संवैधानिक व्यवस्था हटाउने अधिकार छ छैन यो बहसको विषय छ ।
 
विदेशी बाबु आमावाट अमेरिकामा जन्मने सन्तानले स्वत नागरिकता पाउने व्यवस्थालाई हजारौं अप्रावासीलाई फाइदा भएको थियो ।
 
अन्तर्वातामा राष्ट्रपतिले विश्वमा अमेरिका मात्र यहाँ जन्मेका आधारमा नागरिकता प्रदान गर्ने देश भएको दावी गर्दै यो प्रावधान हास्यास्पद भएको बताएका छन् । यस्तो हास्यास्पद प्रावधान समाप्त गर्नु पर्छ उनले भने ।
 
राष्ट्रपति ट्रम्पले चेन अर्थात सिक्री जस्तो जेलिएको अप्रावासीको बृद्धिलाई रोक्न यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफ्नो चुनावी अभियानकै क्रममा अप्रावासी प्रति कडा रवैया व्यक्त गर्दै आएका थिए । गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई रोक्न ट्रम्पले कडा निर्णय लिएका छन् । 
 
अमेरिकामा अवैध रुपमा प्रवेश गर्ने उद्वेश्य बोकेर मेक्सिकोबाट ठूलो संख्यामा मानिहरु रहेको जुलुश सीमातिर आउँदैछन् । तिनलाई नियन्त्रण गर्न सरकारले ५ हजार २ सय सेना अमेरिका-मेक्सीको सीमामा परिचालन गरेको छ ।
 
कतिले अमेरिकामा जन्मेपनि स्वतः नागरिकता पाउने प्रावधानको दुरुपयोग पनि गरेका छन् । नियोजित रुपमा अमेरिका घुम्न वा अन्य कुनै वाहनामा आउने र बच्चा जन्माउने पनि गरिन्छ ।
 
राष्ट्रपति ट्रम्पले एचविओलाई दिएको मंगलवार प्रसारित उक्त अन्तवार्तामा आफुले यो संवैधानिक प्रावधानलाई कार्यकारी निर्णयले समाप्त गर्न सक्नेपनि दावी गरेका छन् ।
 
कतिपयले अमेरिकी संबिधानको १४ औं संशोधनले वैध रुपमा प्रवेश गरेका आप्रवासीबाट पैदा भएका बच्चाहरुलाई मात्र जन्मसिद्ध नागरिकता दिने उद्वेश्य रहेपनि अहिले दुरुपयोग भएको बताएका छन् । अवैध रुपमा प्रवेश गरेकाबाट जन्मिएका, छोटो अवधिको भिसामा आएका आप्रवासीबाट जन्मिएका र जन्मसिद्ध नागरिकता पाइने सुविधाको प्रयोग गर्नकै लागि गर्भ बोकेर आएका र तिनीबाट जन्मेकालाई समेत नागरिकता दिने पद्धतीले त्यो प्रावधानको दुरुपयोग भएको हुँदा नियन्त्रण गर्नका लागि राष्ट्रपतिले नयाँ व्यबस्थाको तयारी गरेको संकेत मिलेको सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
कार्यकारी आदेश कहिले जारी हुन्छ भन्ने बारेमा भने केही खुलाईएको छैन । ‘यो नीति आएपछि हामी सबैलाई सार्वजनिक गर्नेछौं,’ ह्वाइट हाउसकी प्रवक्ता साराह सेन्डर्सले वालस्ट्रिट जर्नलसँग भनिन् ।
 
राष्ट्रपतिको यो अभिव्यक्तिसँगै अप्रावासी मामिलामा नयाँ बहस शुरु गरेको छ । तस्बिर :सामाजिक संजाल