मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गीतकार न्याैपानेको नयाँ गीत छायाङ्कन

गीतकार न्याैपानेको नयाँ गीत छायाङ्कन


ड्यालस (टेक्सस) – नयाँ पुस्तामा निकै अाशालाग्दा गीतकारका रूपमा अघि बढेका भुपेन्द्र न्याैपानेले नयाँ गीत छायांकन सुरू भएको छ । उनी अाफ्नो नयाँ गीत जुनकिरीका साथमा स्रोता तथा दर्शकमाझ अाउने भएका छन् । 
 
अमेरिकामा बसेर गीत लेखनमा सक्रिय न्यौपानेको गीतको भिडियो छायाङकनको क्रम अन्तिम चरणमा पुगेको जनाइएको छ । नेपाल आइडल टप थ्रीमा पुगेका प्रताप दासले गीतमा स्वर दिएका छन् । गीतमा शंकर थापाको संगीत रहेको छ । 
 
बिन्ध्यावासिनी म्युजिकले बजारमा ल्याउन लागेको गीतको भिडियोलाई काजी श्रेष्ठले निर्देशन गरेका हुन । यस अघि गीतकार न्यौपानेले बजारमा ल्याएको 'अरुसँग हासेर बोल मसँग रिसाए नि' बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका थिए । गीतको छायाङकनसँगै केही दिन भित्र सार्वजनिक गरिने न्यौपानेले जानकारी बताएका छन् ।
 
टेक्सस बस्दै आएका न्यौपाने विभिन्न संघसंस्थामा आवद्ध भई गीत संगीतको प्रवर्धनमा व्यस्त छन् ।