मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अब मेगामिलियन पर्ने डलर अर्बपति

अब मेगामिलियन पर्ने डलर अर्बपति


हिमालयखवर संवाददाता
अमेरिका- पर्ने सम्भावना लगभग असम्भव जस्तै छ,तर, दुई डलर खर्च गरेर किनेको मेगा मिलियनका ६ वटा जादुमयी नम्बर मिल्यो, भने डलरमा अर्बपति भईने छ । अर्थात एकाएक सम्पत्ति नेपालका डलर अर्वपति विनोद चौधरीको हाराहारीमा पुग्ने छ ।
 
गत शुक्रवार खोलिएको मेगामिलियन पनि कसैलाई नपरेकाले अव यो चिठ्ठाको राशि अहिलेसम्मकै सर्वाधिक १ अर्ब ६० करोड डलर पुगेको छ । अर्को मेगामिलियनको नजिता आउने मगंलवार खुल्ने छ ।
 
पर्ला नपर्ला तर दुई डलर खर्च गरेर रमाइलो भने गर्न सकिन्छ । करोडौँमा एक जना अति नै भाग्यशालीलाई भने मेगामिलियन पर्न सक्छ ।
 
यदि मंगलवार मेगामिलियन खुल्दा ६ वटा जादुमय नम्बर मिल्यो भने तपाईको हातमै ९० करोड डलरभन्दा वढी नगद आउने छ । सरकारलाई विभिन्न प्रकारका करहरु तिर्नु पर्ने भएकाले हात पर्ने नगद कम भएको हो । तर, हात पर्ने नगद नैे नेपाली रुपैंयामा करिब एक खर्ब हुने छ । विगत २५ पटक खुल्दा पनि कसैको पनि उक्त जादुमय नम्बर नमिलेकाले मेगामिलियनको राशि सर्वाधिक भएको हो ।
 
हवाई लगायत केही राज्य वाहेक अन्य स्थानमा मेगामिलियन किन्न सकिन्छ । ग्याँस स्टेसन स्टोर लगायतमा यो चिठ्ठा विक्री हुन्छ ।
 
शनिवारको पावरवल पनि कसैलाई परेन । यसले गर्दा यो चिठ्ठाको राशि पनि ६२ करोड डलर पुगेको छ । यो पर्यो भनेपनि ३५ करोड डलर भन्दा वढी नगद हात पर्ने छ ।
 
तस्बिर: सामाजिक संजाल