मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेवा: नख: न्यूयोर्कमा नयाँ नेतृत्व

नेवा: नख: न्यूयोर्कमा नयाँ नेतृत्व


न्यूयोर्क (अमेरिका) – नेवा: नख: न्यूयोर्कको दोस्रो अधिवेशनले विष्णुमान प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 
 
कार्यसमितिको प्रथम उपाध्यक्षमा महेन्द्र बीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महा-सचिवमा डा. नरेशमान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपक कुमार प्रधान, सह-कोषाध्याक्षमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।
 
त्यस्तै सदस्यहरुमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमार भक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्र कुमार बज्राचार्य र गौतम कर्माचार्य निर्वाचित भएका छन । 
 
नख:को बिधान अनुसार पूर्ब अध्यक्षहरू स्वत सल्लाहकार हुने भएकोले संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान र निर्वतमान अध्यक्ष राजा शाक्य सल्लाहाकार रहेका छन । सभाले पूर्ब सल्लाहाकार अजय छोचूं र राजकुमार श्रेष्ठलाई पनि सल्लाहकारमा मनोनय गरेको छ । 
 
साधारण सभामा संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, निर्वतमान अध्यक्ष राजा शाक्य, सल्लाहाकार अजय छोचूं र राजकुमार श्रेष्ठले नबनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागी शुभकामना दिएका थिए ।
 
साधारण सभाले बृहत रूपमा छलफल गरि नख:को बिधानमा केही पद र दफाहरू थपेर बिधान शंसोधन गरेको छ। सभामा संस्थाको नयाँ सदस्यता पनि बितरण गरिएको थियो ।
 
नेवा: नख: न्यूयाेर्कका निर्वतमान उपाध्यक्ष बिष्णुमान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरूलाई स्वागत गरी संचालन गरेका थिए । 
 
नेवा: नख: न्यूयोर्क नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनका लागि सन्र २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। 
 
नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदायसँग हातेमालो र सहकार्य गर्दै नख:लाई अघि बढाउने नवनिर्वाचित अध्यक्ष बिष्णुमान प्रधानले बताएका छन् ।