मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एकलाख डलरको राहतकोषमा अघि बढ्यो नेपाली समाज (भिडियो सहित)

एकलाख डलरको राहतकोषमा अघि बढ्यो नेपाली समाज (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले एकलाख डलरको आकस्मिक राहत कोष स्थापनाका लागि संकलन कार्य सुरु भएको जनाएको छ ।
 
समाजले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुमन थापाले डिएफडब्लु एरियामा नेपाली समुदाय बढेसँगै घटनाहरु बढीरहेको र त्यसका लागि आकस्मिक राहत कोष स्थापना गर्नका लागि प्रकृया अघि बढिसकेको जानकारी दिए । समाजको नयाँ टीमले चुनावी कार्यक्रमको सिलसिलामा एकलाख डलरको आकस्मिक राहत कोष स्थापना गर्ने र त्यसबाट समुदायका कसैलाई पनि केही पर्दा सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
 
‘आउने दिनहरुमा आर्थिक सक्षमताका लागि पनि हामीले धेरै कामहरु गर्नुपर्ने अवस्था छ,’ अध्यक्ष थापाले भने । गोफण्डबाट मात्र सहयोग जुटाउने कार्यलाई अघि नबढाई अरुनै उपायबाट दिगो रुपमा कार्यक्रम गर्ने योजना समाजले बनाएको समेत थापाले उल्लेख गरे । 
 
अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुमध्य नेपाली समाज अग्रपङ्क्तीमा आइरहेको उल्लेख गर्दै थापाले संस्थालाई नयाँ रुपमा लैजानका लागि बिभिन्न खेलकुद, सामाजीक कार्यहरुमा समेत अघि बढाउने तयारी भैरहेको जानकारी दिए । 
 
कार्यक्रममा समाजका महासचिव भक्त भण्डारीले समुदायको सेवाका लागि संस्थाले कुनै पनि कामहरु गर्न पछि नपर्ने प्रतिवद्धता जनाएका थिए ।