मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव हुने

चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव हुने


पूर्वी चितवनको रत्ननगरमा आगामी कात्तिक ३० गतेदेखि मंसीर ११ गतेसम्म पूर्वी क्षेत्र महोत्सव आयोजना हुने भएको छ । 
 
विभिन्न मानवीय तथा सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ चितवन राइनो सिटीको आयोजनामा रत्ननगर–४, शान्तिचोकस्थित खुलाचौरमा महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । 
 
सर्वसाधारणलाई एकै ठाउँबाट सर्वसुलभ सामग्री किनमेल गर्न महोत्सवमा ३०० वटा स्टल रहनेछ ।
 
महोत्सवमा व्यावसायिक प्रवद्र्धनका अतिरिक्त क्लबले शव बहान सञ्चालन, पूर्वी क्षेत्रमा कार्यरत सञ्चारकर्मीका लागि पत्रकार संरक्षण कोष, लायन्स असहाय बाल कोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको लायन्स क्लब अफ चितवन राइनो सिटीका पूर्वअध्यक्ष एवम् महोत्सवका संयोजक निरज श्रेष्ठले बताए । 
 
महोत्सव सम्पन्न गर्न नौ सदस्यीय स्टेरिङ कमिटी र १०१ सदस्यीय मुल समितिसमेत गठन गरिएको छ । संयोजक श्रेष्ठका अनुसार महोत्सव अवधिभर शान्तिचोकमा फूड फेस्टिवल सञ्चालन गरिने छ । 
 
सो अवसरमा विभिन्न सामाजिक अभियान सञ्चालन गरी सामाजिक कार्यमा योगदान गरेका अभियन्ताहरुलाई सम्मान गरिने लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए । 
 
क्लबका एमजेएफ राजकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको जानकारी दिइयो । 
 
महोत्सव अवधिभर दर्शकलाई विविध मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।