मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लायन्सको स्वास्थ शिविर सम्पन्न

लायन्सको स्वास्थ शिविर सम्पन्न


ड्यालस (टेक्सस) – ड्यालस एभरेष्ट लायन्स क्लबले आयोजना गरेको निशुल्क स्वास्थ शिविरबाट शनिबार एकसय २० जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
 
शनिबार बिहान ९ बजेदेखि सुरु भएको शिविरमा नेपाली समुदायको उल्लेख्य सहभागिता थियो । शिविरमा डायबिटिज, ब्लड प्रेसरका बारेमा जनचेतनामुलक कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा हौसला प्रदान गर्नका लागि अर्भिङ सिटीका मेयर रिक स्टोफर समेत उपस्थित भएका थिए । मेयर स्टोफर नेपाली समुदायले आयोजना गर्ने बिभिन्न कार्यक्रममा सहभागी भएर हौसला प्रदान गर्दै आएका छन् ।
 
शिविरमा रगतको प्रयोगशाला परिक्षण, विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट टु एक्स वनका गभर्नर केथी मुर्रे लगायत लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट अधिकारी, क्लबका पूर्व अध्यक्ष एवं सदस्यहरुको सहभागिता थियो । 
 
एभरेष्ट लायन्स क्लबले समय समयमा स्वास्थसँग संबन्धित,  सामाजीक कार्यक्रमहरू गर्दै आएको छ । लायन्स क्लब ड्यालसमा रहेका नेपाली संस्थाहरूमध्य निकै सकृय संस्थाहरूको सूचिमा रहेको छ ।