मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

मैले गुलाफ टिपेँ

मैले गुलाफ टिपेँ


प्रेम गरेँ या पाप
दण्ड पाउँ या धाप
मुस्कुराएको देखेँ
दोबाटोमा भेटेँ
मैलै सत्य खोल्दै लेखे
प्रेम गरेँ या पाप
आज गुलाफ टिपेँ !
 
तिमी टिपियौ
छुट्टियौ आफ्नाहरुबाट
बिस्तारै झर्ने पत्रहरु
एक मुष्ठ सजाई
सिउरिदिएकी छु चुल्ठोहरुमा
तिमी फैलिदै छौ
सुवास छर्दै
मैले तारिफ गर्दै लेखेँ
प्रेम गरेँ या पाप
आज गुलाफ टिपेँ !
 
यहाँ मान्छेहरु छन्
टिप्ने अनि कुल्चिने
निमोठ्ने अनि च्यातिदिने
बचाउन उनै निष्ठुरहरुबाट
जोगाउन तिम्रो सौन्दर्य
फैलाउन मीठो सुवास
जतन गर्दै सत्य लेखेँ
प्रेम गरेँ या पाप
आज गुलाफ टिपेँ ।
 
 
– अर्घाखाँची, नेपाल
हालः ड्यालस, अमेरिका