मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै रु ३० हजार घुस लिएको अभियोग लागेको छ । 
 
आयोगले प्रहरी निरीक्षक महता र स्थानीय महिला सञ्जालकी अध्यक्ष पौडेल दुवैलाई जरिवाना र कैद सजाय माग गरी बुधबार मुद्दा दायर गरेको हो । 
 
यस्तै आयोगले आजै विराटनगर महानगरपालिका घरजग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तीलकमणि पोखरेल र कार्यालय सहयोगी बुधलाल सरदारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  
 
घर बहाल कर र सम्पत्ति करवापत राजश्व मिलाएर काटिदिने भन्दै सेवाग्राहीसँग रु १३ हजार घूस मागेको अभियोग उनीहरुमाथि लागेको छ ।