मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

निर्मलाको स्मृतिमा जनसम्पर्कको वेस्ट टेक्ससले गर्यो दीप प्रज्वलन

निर्मलाको स्मृतिमा जनसम्पर्कको वेस्ट टेक्ससले गर्यो दीप प्रज्वलन


हिमालयखवर संवाददाता
स्टेफनभिल (टेक्सस) । दुइ महिना अघि बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको स्मृतिमा शनिबार टेक्ससमा श्रद्धाञ्जली सभा अायोजना गरिएको छ । 
 
जनसम्पर्क समिति वेस्ट टेक्सस च्याप्टरको अायोजनामा भएको श्रद्धाञ्जली सभामा स्व. पन्तको स्मृतिमा दिप प्रज्वलन समेत गरिएको थियो । १३ वर्षिया पन्तको बलात्कार पछि गत साउन ११ गते हत्या भएको थियो । उनको हत्यारालाई खोजी गरी कारवाही गर्न जनसम्पर्क समितिले नेपाल सरकारसँग माग समेत गरेको छ । 
 
पछिल्लो समय बलत्कार, हत्या, अपराधका घटनामा बढेकोमा चिन्ता प्रकट गर्दै जन सम्पर्क समितिले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार चुक्दै गएको जनाएको छ । नेपाली कांग्रेसका पुराना नेता तथा जिल्ला विकास समिति चितवनका पूर्व सभापति कृष्णलाल सापकोटाको प्रमुख अाितथ्यतामा भएको दीप प्रज्वलन कार्यक्रममा नेपाल सरकारलाइ बुझाइएको ज्ञापन पत्र पढेर सुनाइएको थियो । 
 
सो ज्ञापन पत्र वासिङटन डिसी स्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री केपी शर्मा अोलीलाइ पठाइएको जानकारी जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय नेता हरिबोल भण्डारीले दिए । ज्ञापनपत्रमा देशको विकास, समृद्धि, शान्ति सुरक्षाका सवालमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसलाई समेत साथमा लिएर अघि बढ्न समेत सुझाव दिइएको छ । 
 
जनसम्पर्क समितिका हरिबोल भण्डारीले नेपालभित्रका नेपाली र संसारका कुनाकुनामा रहेका नेपालीहरूले वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट ठूलो अाशा र अपेक्षा गरेकोमा निर्मलाको घटनाले त्यसमा तुषारापात भएको उल्लेख गरे ।  भण्डारीले शान्ति सुरक्षा कायम गर्नेतर्फ जन अपेक्षा अनुसार काम गरेर काविल प्रहरी महानिरीक्षकको भूमिका खेल्न समेत खनालसँग अाग्रह गरेका थिए । 
 
दिप प्रज्वलनमा कांग्रेसका नेता कृष्णलाल सापकोटा, एनआरएनए अमेरिकाका प्रवक्ता विनोद तिवारी, जन सम्पर्क समितिले वेस्ट टेक्ससका अध्यक्ष प्रविण घिमिरे लगायतले बोल्दैं अपराधी पत्ता लगाउन राज्य चुक्दा अपराधीहरुको मनोवल बढिरहेको उल्लेख गर्दै नेपाल प्रहरीले समेत जनताको आशा टुट्न दिन नहुनेमा जोड दिएका थिए । 
 
बलात्कारका घटना दिन दुइ गुना र रात चारगुनाले बढेकोमा समेत चिन्ता जाहेर गर्दै सरकारलाइ गंभीर भएर शान्ति सुरक्षा दिन माग गरिएको छ । 
 
जनसम्पर्क समितिले शान्तिपुर्ण रूपमा गरेको यस प्रकारको कार्यक्रमले जन सम्पर्कका स्थानीय नेता, कार्यकर्ताहरूको मन जितेको छ । सरकारको अालोचना गर्न कालोझण्डा देखाएर नारा लगाउनुभन्दा यस्ता रचनात्मक कार्यले पनि सरकारको विरोध जनाउन सकिने धारणा जनसम्पर्क समितिका नेताहरूले व्यक्त गरेका थिए ।