मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘न्याय पाएन निर्मलाले’ बोलको विदारक गीत (भिडियोसहित)

‘न्याय पाएन निर्मलाले’ बोलको विदारक गीत (भिडियोसहित)


काठमाडौँ । कञ्चनपुरकी ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या भयो । गत साउन ११ गते झरी परेका दिन निर्मलाको अन्तिम दिन बन्यो । 
 
पढेलेखेर डाक्टर पाइलट बन्ने सोच लिएर जीवनको कलियोवयमा सपना सजाउँदै गरेकी निर्मला पापी अपराधीबाट बलात्कारको सिकार मात्रै बनिनन्, उनको प्राणपखेरु समेत उडाइदिए । 
 
हत्यारा सार्वजनिक गर्न कञ्चनपुरवासी सडकमा उत्रिए । प्रशासनले न्याय माग्दा गोली बर्सायो । हत्या प्रकरणमा प्रहरीकै लापरबाही बाहिर आयो । पाँच प्रहरी निलम्बनमा परे । अपराधीको संरक्षण सरकारले नै गरेको भन्दै हत्यारा सार्वजनिक गर्न र बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग देशभर उठिसकेको छ । 
 
निर्मलालाई न्याय देऊ भनेर अधिकारकर्मीहरु सडकमै उत्रिरहेका छन् । देशभरबाट निर्मलाको पक्षमा जनलहर उर्लिएपछि सरकारको ध्यानाकर्षण भएको छ । तर, हत्यारा समातिनेमा एकरति विश्वास छैन ।
 
निर्मलाको न्यायकै लागि जयराम भट्टको शब्द रचना र लय रहेको ‘न्याय पाएन निर्मलाले’ बोलको गीतमा चर्चित गायिका लक्ष्मी परियारले साथ दिएकी छन् । अत्यन्त कर्णप्रिय स्वर रहेको यस गीतले ज्यान नै सिरिङ्ग बनाउँछ । सुनौँ विदारक गीत-