मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाले काम गर्न नसके आफैँ सकिन्छ : प्रचण्ड

नेकपाले काम गर्न नसके आफैँ सकिन्छ : प्रचण्ड


नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकारले काममा परिणाम देखाउन नसके आफैँ सकिने खतरा रहेको बताएका छन् ।
 
जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभालाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तहदेखि केन्द्रसम्म नै जनताको अपार सर्मथनसहितको सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिनुको विकल्प नरहेको बताए । 
 
उनले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनिरहेको छ, तलदेखि माथिसम्मैै हाम्रै सरकार छ, यतिबेला गर्न काम गर्न नसके दोष कसलाई दिने ?’ 
 
जनताले दिएको विश्वासअनुसार सबै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए । उनले थपे, ‘हामीले काम गर्न नसके जनताले हामीलाई नै पत्याइरहनु पर्छ भन्ने आवश्यकता छैन, जनताले अवश्य विकल्प खोज्छन् ।’ यस्तो स्थिति कम्युनिस्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुने उनले बताए । 
 
उनले नेपाल, भारत र चीन मिलेर ठूला परियोजनाहरु निर्माणका लागि अहिले समय अनुकुल भएको बताए । ‘हामीले १२÷१५ हजार मेगावाटका ठूला विद्युत् परियोजनाहरु निर्माण गरी अन्र्तदेशीय सम्बन्धलाई मजबुत बनाउन सक्छौँ, अब हाम्रो ध्यान त्यता जानु जरुरी छ’, प्रचण्डले भने । 
 
प्रचण्डले झण्डै १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णय रहेको बताएका छन् । आफू प्रधानमन्त्री भएको बेलामा गरेकै निर्णयमा अहिलेको सरकार आइपुगेको बताउँदै भने, ‘एउटाले बनाउन दिने निर्णय गर्ने, अर्कोले भत्काउने काम भएको छ । मैले जहाँ लगेर प्रक्रिया टुंग्याएको थिएँ, सरकार त्यहीँ आइपुगेको छ ।’