मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सबैको साझा संकल्पबाटै समृद्धि : प्रचण्ड

सबैको साझा संकल्पबाटै समृद्धि : प्रचण्ड


चितवन । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासका लागि छिमेकी देशहरुले चासो राखेको बताएका छन् । 
 
आइतबार भरतपुर २ क्षेत्रपुरस्थित तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै प्रचण्डले देश परिवर्तनका लागि वर्तमान पुस्ताले देशका लागि त्याग गर्नसक्नुपर्ने बताएका छन् । अबको दशक विकासको दशक भएको भन्दै उनले सबैको साझा संकल्पबाट नै देश संमृद्ध बन्ने जिकिर गरे ।
 
“देशलाई तीव्ररुपमा विकास गर्न निजी, सार्वजनिक र सहकारीलाई संविधानले तीनखम्बे अर्थनीतिका रुपमा परिकल्पना गरेको भन्दै उनले त्यसको उदाहरणका रुपमा भरतपुरको तरकारी तथा फलफूल बजारलाई लिन सकिने बताए । 
 
उनले बजार ब्यवस्थित,पारदर्शी र किसान नठगिने अवस्था सृजना भए देशमा कृषि उत्पादन बढ्दै जाने जिकिर गरे । सरकारले कृषिमा व्यावसायिकरण र आधुनिकीकरणको अवधारणालाई प्राथमिकतामा राखेको भन्दै कृषिका जोन र ब्लकहरुले कृषि बजारलाई सहयोग पुग्ने दाबी गरे ।
 
आफू केही दिनअघि भारत र चीनको भ्रमण गरी फर्किएको प्रसङ्ग जोड्दै उनले थपे, ‘समग्र चितवनको विकासमा छिमेकी मुलुकको समेत चासो रहेको छ । त्यसैले यहाँको विकासमा सबैको एकता र हातेमालो आवश्यक छ ।’ 
 
समग्र जिल्लाको विकासको लागि चितवनवासीको सक्रियताका कारण पनि छिमेकी मुलुकले बढी चासो देखाएको उनले बताए । सबै जिल्लाको तुलनामा चितवनले विकासको गतिमा फड्को मार्न सफल भएको बताउँदै चितवनमा सुविधासम्पन्न तरकारी बजार निर्माण हुनु पनि विकासको एक उदाहरण भएको प्रष्ट्याए । 
 
नारायणगढको क्षेत्रपुरमा निर्माण भएको आधुनिक तरकारी बजारमा ६६ जना व्यवसायीको लगानी छ । करिब १४ करोड रूपैयाँमा एक वर्ष निर्माण अवधिसहित १६ वर्षको लागि भाडामा लिएर बजार स्थापना गरिएको कृषि प्रबद्र्धन बजार विकास प्रालिका अध्यक्ष शालिकराम घिमिरेले जानकारी दिए । 
 
निजीस्तरबाट गरिएको प्रयासलाई सरकारले पनि सहयोग गर्नुपर्ने उनले बताए । बजारमा २१७ वटा स्टल रहेका उनले बताए ।