मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चेम्बरको डिनरमा चर्चित व्यबसायी गुप्ता

चेम्बरको डिनरमा चर्चित व्यबसायी गुप्ता


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – ड्यालसका नेपाली व्यबसायीहरुको संस्था ‘नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स’ ले बार्षिक कार्यक्रम अन्तरगतको चौथो ‘चेम्बर डिनर’ कार्यक्रम शनिबार आयोजना ग¥यो । 
 
ड्यालसमा नेपाली समुदायिक संस्थाहरुले आयोजना गर्ने भन्दा फरक ढंगको यो बार्षिक कार्यक्रममा व्यबसायीक प्रेरणा दिने व्यक्तिहरुको प्रस्तुति रहँदै आएको छ । यसपटक नेपाली व्यबसायीहरुका लागि आफ्नो सफलताको अनुभव बाँड्नका लागि एसबी इन्टरनेसनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सतीशकुमार गुप्ता कार्यक्रममा सहभागी थिए ।
 
सन् १९७९ मा अध्यनयका लागि भारतबाट ड्यालस आएका गुप्ताले दोस्रो वर्षमै स्टिलको व्यबसाय सुरु गरेका थिए । उनले अमेरिकामा आफ्नो व्यबसायीक उतार चढावका बारेमा जानकारी दिँदै समयको मागलाई त्यतिखेर चिन्न सकेको कारण अहिलेको अवस्थामा आइपुगेको उल्लेख गरे ।
 
‘त्यतिखेर भारतबाट अमेरिकामा डलर ल्याउनु निकै कठिन थियो, नेपालबाट पनि त्यस्तैनै हुनुपर्छ । त्यो अवस्थामा मलाई पढाउने प्रोफेसरले मेरो आँट र इमान्दारिता देखेर सहयोग गरे,’ गुप्ताले भने । अहिले उत्तरी अमेरिकामा जतिपनि ग्याँसको ड्रिलिङ लगायतका काम हुन्छ त्यसमा ३० देखि ४० प्रतिशत आफ्नो कम्पनीले उत्पादन गरेका उपकरणहरुको प्रयोग हुने गरेको उनले जानकारी दिए ।
 
अमेरिकामा ड्यालस, ह्युस्टन लगायतका स्थानहरुमा सामाजीक सेवा, भारतमा समेत उनले सामाजीक उत्तरदायित्व अन्तरगत सहयोग गर्दै आएका छन् । 
 
त्यस्तै कार्यक्रममा मुख्य वक्ताका रुपमा बिओके फाइनान्सियल कर्पोरेसनकी भाइस प्रेसिडेन्ड जोना लेसीले कम्युनिकेसनका बारेमा चर्चा गरेकी थिइन् । 
 
कार्यक्रममा नेप्लिज चेम्बर अफ कमर्सका अध्यक्ष मनोज सिग्देलले हालसम्म संस्थाले गर्दै आएका कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । नेपाली व्यबसायीहरुलाई आवश्यकता अनुसार कर, फ्रेन्चाइज, लगानी, नीतिगत विषयमा बिभिन्न कार्यक्रम मार्फत जानकारी गराउँदै आएको उनले बताए । 
 
त्यस अवसरमा चेम्बरका निवर्तमान अध्यक्ष बासु भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्यालले कार्यक्रममा बारेमा मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका महासचिव बाल जोशीले गरेका थिए । 
 
चेम्बरले ड्यालसमा गर्दै आएका कार्यक्रमहरु अमेरिकन स्ट्याण्डर्डका हुँदै आएका छन् । शनिबारको कार्यक्रम पनि निकै स्तरीय र उपयोगी रहेको धारणा सहभागी व्यबसायीहरुको थियो । 
 
तस्विरहरुः स्वयम्भू शाक्य/बोधी क्रियसन