मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

निर्मला पन्तको लागि न्यायको माग गर्दै अमेरीकामा बिरोध कार्यक्रम

निर्मला पन्तको लागि न्यायको माग गर्दै अमेरीकामा बिरोध कार्यक्रम


टेक्सस(अमेरिका)-  कन्चनपुरकी तेह्र बर्षीय निर्मला पन्तको बलत्कार पछि पासविक किसिमले भएको हत्याको करिव दुई महिना बितिसक्दा पनि कुनै अत्तो पत्तो लागेको छैन । यो घट्नाको सर्बत्र बिरोध भईरहेको छ । यसको बिरोध अहिले कन्चनपुरमा मात्र सिमित नभएर नेपालको राजधानी हुदै बिदेशमा समेत पुग्न थालेको छ ।  
 
हत्याको बिरोधमा प्रवासी नेपालीहरुका आवाजलाई बुलन्द गर्दै सेप्टेम्बर १८ का दिन नेपाल सरकारले संबिधान दिवस मनाई रहको पुर्वसन्धामा अमेरीकाको ड्यालसमा रहेका नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सास र सुदूर-पश्चिम नेपाली समाज, टेक्सासको संयुक्त आयोजनामा बिरोध सभाको आयोजना गरियो जसमा एनअरएन अमेरीका लगायत धेरै संघसंस्थाले एकबध्दता जनाए । 
 
 “जो तिमीले देखेका छौ त्यो तिम्रो दृष्टीभ्रम हो र सत्य देख्न तिमीले भ्रमित आफ्ना आँखाहरु बन्द गर्नुपर्छ” भनेर भगवान गौतमबुध्दले भनेका सत्यवचनहरुको उदगम देश पनि नेपाल नै हो । तर आज त्यही बुध्दको देशमा सरकारबाटै भ्रमित आँखाले सत्यको हत्या गरि रहेकोछ । सत्य र यथार्थ लुकाउन राज्यको संयन्त्रको उपयोग गरि प्रमाणहरु नष्ट गर्ने काम भएको भन्दै बिभिन्न क्षेत्रबाट आक्रोसहरु पोखिएको छ । 
 
यी बिरोधका स्वरहरु अहिले प्रवासी नेपाली माझ पुगेका छन । यसैक्रममा अमेरीकामा पनि बिरोधका कार्यक्रमहरु देखिन थालेका छन । नेपालका प्र.म.को अमेरीका भ्रमणको पूर्वसन्धामा अमेरीका पुगेका बिरोधका स्वरहरु त्यस समयमा झन चर्किने देखिन्छन । यसको सुरुआत ड्यालसबाट भएको छ । 
 
सेप्टेम्बर १८ का दिन स्व. निर्मलाको नाममा “क्यान्डिल नाईट” र बिरोध सभाको आयोजना गरी सुदूर-पश्चिम नेपाली समाज र नेपाली समाज टेक्सासले चर्को बिरोध गरेका छन । बिरोध सभामा सुदूर-पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष प्रेम शाहीले घट्नाको निन्दा गर्दै सरकारले चाँडो भन्दा चाँडो निर्मलालाई न्याय दिनु पर्ने बिचार राख्नु भएको थियो भने सुदूर-पश्चिम नेपाली समाज टेक्ससका निवर्तमान अध्यक्ष एवम् नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारीले दानवीय प्रबृतीका ब्यतीहरुले प्रमाणहरु नष्ट लगायत जघन्य अपराध लुकाउनमा सरकारका जिम्मेवार उच्च पदस्थ ब्यक्तीको संलग्नता देखिनु र अहिले सम्म न्याय नपाउनुमा सरकार जिम्मेवार नभएको भनि तिखो टिप्पणी गर्नु भएको थियो । 
 
यसै क्रमामा एनआरएन अमेरीकाका उपाध्यक्ष शुनिल शाहले यस घट्नामा सरकारबाट हुनु पर्ने न्याय हुन नसकेको र चाडै नै एनआरएन अमेरीकाले बिज्ञप्ती जारी गर्दै नेपाली दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने क्रममा एनआरएन अमेरीकाका महिला को-अर्डिनेटरको संयोजनमा काम भईरहेको बताउनु भएको थियो ।
 
बिरोध सभाको सुरुमा निर्मला पन्तमा समर्पित बेदनाका शब्दहरुबाट आक्रोस (“तिम्रालागी न्याय भन्ने, हराए कै हो कि बैना” । “पापी रैछ दैब समेत, डराए कै हो कि बैना” ।।….) पोखिएको थियो भने आत्माको चिर शान्तीका लागी नेपाली मन्दिरका गुरु डा.शेखर पण्डीतबाट दीपज्ज्वलन र शान्ती पाठ बाचन गरिएको थियो । नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, एचडिएनपी का अध्यक्ष देवीराम आचार्य, एभरेष्ट लाइन्सका अध्यक्ष थलराज पन्त सहितका बिभिन्न संघसंस्थाका पदाधिकारीहरुले मृतक निर्मलाको आत्माशान्तीको कामना सहित न्यायको लागी एक मिनेट मौनधारण गरी दीप प्रज्ज्वलन गरेका थिए ।