मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालले संघीयता धान्नै सक्दैन : चित्रबहादुर केसी

नेपालले संघीयता धान्नै सक्दैन : चित्रबहादुर केसी


धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले संघीयता धान्नै नसक्ने बताएका छन् । 

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा उनले संघीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको दाबीसमेत गरे । 

‘आफूलाई त्यति बेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दैछन्’, अध्यक्ष केसीले भने, “केन्द्रिकृत शासन व्यवस्था नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार दिएर शासन गर्न सकिने आफ्नो पार्टीको धारणा छ ।” 

नेता केसीले सुरुवातदेखि नै संघीयता नेपालले धान्न नसक्ने जिसकर गर्दै आएका थिए ।