मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल–भारतबीच सीमा विवाद अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

नेपाल–भारतबीच सीमा विवाद अन्त्य हुनुपर्छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतका बीच सिमानामा विवाद हुन नहुने बताएका छन् । 
 
नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने उल्लेख गरे । 
 
उनले भने, ‘कहीँकतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस् । तपाईंहरुले संकलन गरेका सुझाव सरकारलाई बुझाउनुहोस् र सरकारको रायका आधारमा निर्णय गर्नुहोस् ।’
 
नेपाल–भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकाले त्यही कोणबाट भारतसँग परामर्श गर्नुपर्ने उनले बताए । 
 
उनले भने, ‘हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौँ ।’ सीमा विवाद झगडा गरेर होइन, प्रमाणका आधारमा टुंग्याउनु पर्नेमा उनको जोड थियो ।
 
कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारत सिमानाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । रासस