मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फ्लोरेन्स आँधी, नर्थ र साउथ क्यारिलोनाका करिब १० लाख बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश

फ्लोरेन्स आँधी, नर्थ र साउथ क्यारिलोनाका करिब १० लाख बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश


हिमालयखवर संवाददाता
अमेरिका- नर्थ र साउथ क्यारिलोनाका गभर्नर फ्लोरेन्स आँधीको सम्भावित जोखिम वाट बच्न झण्डै १० लाख स्थानीय बासिन्दालाई तत्काल घर छाडेर सुरक्षित स्थानमा जान भनेका छन् । यदि तपाइहरू यो आदेशलाई मान्नुहुन्न भने आफ्नो जीवन जोखिममा पार्नु हुने छ नर्थ क्यारिलोनाका गभर्नर कुपरले भने त्यस कारण हावा हुरी र आँधी आउनुभन्दा अघि नै सुरक्षित स्थानमा जान आग्रह गर्छु ।
 
फ्लोरेन्स आँधीको बाटोमा पर्ने समुन्द्र किनारमा बसोबास गर्ने सबैलाई बाहिर जान भनिएको हो । त्यहाँ आपत्कालीन उद्धार कर्ता समेत उपलब्ध नहुने सरकारी अधिकारीहरूले बताएका छन् । निकै शक्तिशाली उक्त आँधी शुक्रवारदेखि आउने अनुमान गरिएको छ । आँधीका क्रममा २२० प्रतिघण्टाका दरले हावा हुरी र मुसलधारे पानी आउने अनुमान गरिएको छ । यसले समुन्द्र तटीय क्षेत्रमा तीव्र उछाल आउने पनि अनुमान गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ती क्षेत्रमा आपत्कालीन स्थित घोषणा गरिसकेका छन् ।
 
नर्थ र साउथ क्यारिलोनामा नेपालको बस्तीपनि ठुलो छ । यो आँधीको मार्गमा ६ वटा न्यूक्लियर प्लाण्ट छन् । यी न्यूक्लियर प्लाण्टको सुरक्षाको बारेमा पनि प्रश्न उठेको छ ।
 
आँधी आउने हुदां त्यस स्थानका बासिँदाले दैनिक अत्यावश्यक वस्तुको सञ्चित गर्न थालेका छन् । यसले गर्दा कयौँ स्टोरहरूमा अत्यावश्यक समाग्रीको अभाव भएको छ ।
 
आउने साता अन्य राज्यमा पनि यस्तै शक्तिशाली आँधी आउने अनुमान गरिएको छ । तस्विर: सामाजिक संजाल