मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एप्पलले ल्यायो तीन नयाँ आईफोन मूल्य ७४९ अमेरिकी डलरवाट सुरु

एप्पलले ल्यायो तीन नयाँ आईफोन मूल्य ७४९ अमेरिकी डलरवाट सुरु


हिमालयखवर संवाददाता
क्यालिर्फोनिया (अमेरिका)- एप्पलले आफ्नो बार्षिक परम्परालाई कायम राख्दै बुधवार नयाँ र परिष्कृत आईफोन र घडी सार्वजनिक गरेको छ । आफ्नो संस्थापक स्व स्टिभ जब्समा समर्पित क्यालिफोर्नियाको स्टिभ जब्स थिएटरमा तीनवटा  मोडल आईफोन एक्स (टेनपनि भनिन्छ) एस, र आईफोन एक्स एस म्याक्स र आईफोन एक्स आर वुधवार सार्वजनिक गरिएको हो ।
 
 यी आईफोन पहिलेभन्दा परिष्कृत, उच्च प्रविधियुक्त र पृथ्वीकै सवैभन्दा राम्रो मोवाईल सेट भएको कम्पनीले दावी गरेको छ । यी फोन वढी स्टोरेज क्षमता भएका, पानीमा डुबेपनि समस्या नपर्ने, ब्याट्री वढी टिकाउ र द्रुत गतिका कम्पनीका अधिकारीहरुले बताएका छन् ।
 
एप्पल प्रमुख कार्यकारीले यी फोन सवैभन्दा परिष्कृत प्रविधियुक्त भएको दावी गरे । यसमध्ये सवैभन्दा ठूलो आईफोन एक्सएस म्याक्स हो । यो फोन साढे ५ इन्च डिस्प्लेको छ ।
 
यी तीनैवटा फोनमा विगतमा जस्तो  होम बटम राखिएको छैन । पुरा स्क्रिनमा डिस्प्ले हुन्छ । त्यसैले नयाँ आईफोन आइफोन आठको साइजमा भएपनि डिस्प्लेभने वढी रहेको छ । यी फोनका क्यामरामा पनि विशेषता थप गरिएको छ ।
 
यी नयाँ फोनमध्ये सवैभन्दा सस्तो आईफोन एक्स आर हो । यसको मूल्य ७४९ अमेरिकी डलर राखिएको छ । 
 
यो एक्सआर सेतो, कालो, रातो, निलो र पहेंलो रंगमा उपलव्ध छन् । यो फोन अक्टोबर १९ देखि प्रिअर्डर गर्न सकिन्छ । बजारमा अक्टोबर २६ वाट उपलव्ध हुने छ ।
 
आईफोन एक्सएसको मूल्य ९९९ अमेरिकी डलर राखिएको छ । अर्को ठुलो आईफोन म्याक्स एसभने सवैभन्दा महंगो छ । यसको मूल्य १०९९ अमेरिकी डलर छ । यी फोनको प्रिअर्डर पर्सी सप्टेम्बर बाट गर्न सकिन्छ । सेप्टेम्बर २१ वाट यो फोन बजारमा आउने छ ।
 
एप्पलले पुराना मोडलको फोनको मूल्य पनि घटाएको छ । नयाँ मूल्य अनुसार आईफोन ७ को ४४९ डलर, आईफोन आठ ५९९ डलरमा पाइने भएको छ ।
 
नयाँ एप्पल वाचमा विभिन्न विशेषता थप गरिएको एप्पल जनाएको छ ।  मुटुको घड्कन नाप्ने सक्नेगरी नयाँ प्रविधि थप गरिएको छ ।