मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

१ डलर बरावर ११५ रुपैंया ६३ पैसा

१ डलर बरावर ११५ रुपैंया ६३ पैसा


हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकी डलरले नेपाली रुपैंयासंग कारोवारमा पुन नयां रेकर्ड बनाएको छ । मंगलवारका लागि राष्ट्र बैंकले एक डलर बरावर ११५ रुपैंया ६३ पैसा खरिद दर तोकेको छ । यस अनुसार अमेरिकावाट करिव एक हजार डलर नेपाल पठाउंदा अव करिव १ लाख १५ हजार रुपैंया पाइने छ ।
 
नेपालका बाणिज्य बैंकसंंग डलर किन्दा भने ११६ रुपैंया २३ पैसा तिर्नु पर्ने छ ।
 
डलरमा आम्दानी गरी नेपाल पठाउनेलाई यसवाट फाइदा हुन्छ । तर, नेपालवाट यता पैसा ल्याउंदा भने नोक्सान छ । डलरको मूल्य भारतीय रुपैंयाकै कारणले वढेको हो । भारतमा एक डलर बरावर ७२ भारु भन्दा वढीका सोमवार कारोबार भएको थियो । यसकै असर नेपालमा परेको छ ।