मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूर्व प्रमं डा. भट्टराइ अमेरिका अाउँदै

पूर्व प्रमं डा. भट्टराइ अमेरिका अाउँदै


हिमालयखबर संबाददाता
टेक्सस (अमेरिका) – नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ अाउँदो हप्ता झण्डै एक महिने लामो कार्यक्रम लिएर अमेरिका अाउदैछन् । 
 
चर्चित ३५ औं प्रधानमन्त्री, अर्थतन्त्रमा गति ल्याउनेगरि कार्यक्रम ल्याउन सफल सन् २००८ अगष्टदेखि सन् २००९ मे सम्मका अर्थमन्त्री, अत्यन्तै राम्रा आर्किटेक्चर इन्जिनियर तथा नयाँशक्ति पार्टीका अध्यक्ष भट्टराई बुधबार अमेरिका अाइपुग्ने कार्यक्रम रहेको छ । 
 
विश्वको महाशक्ति राष्ट्र, विकासको गतिले लगभग पूर्णता पाएको अमेरिकाको विकास निर्माणलाई नजिकबाट जान्न/बुझ्न तथा यहाँ अमेरिकामा बिभिन्न निकायमा रहेका नेपाली एवं विदेशी विद्वतवर्गलाई उहाँले भेट्ने र ज्ञान, अनुभवको आदान प्रदान गर्ने यो भ्रमणको मुख्य लक्ष्य रहेको भट्टराइका सचिव विश्वदीप पाण्डेले जानकारी दिए । 
 
सेप्टेम्बर १२ तारिकमा अमेरिका आउनुहुने डा. भट्टराईले अमेरिकाका पूर्बी तट बोस्टन, न्यूयोर्कदेखि लिएर पश्चिमी तटको क्यालिफोर्निया, उत्तर तर्फको मिनिसोटादेखि लिएर दक्षिणमा रहेको ड्यालसमा रहेका नेपाली समुदायहरुसँग अन्तरकृया गर्नुहुने कार्यक्रम रहेको छ ।
 
नेपालको विकासका विषयलाई लिएर उहाँले नेपाली समुदाय र विदेशी विद्वतवर्गहरुसँग अन्तरकृया, अनुभवको आदान प्रदान गर्ने कार्यक्रम रहेको छ । 
 
भट्टराइको पहिलो अाैपचारिक कार्यक्रम सेप्टेम्बर १५ तारिक शनिबार टेक्ससको ड्यालसमा हुँदैछ । एनआरएन टेक्सस च्याप्टरको आयोजनामा हुन लागेको यो कार्यक्रमको क्रममा डा. भट्टराईले ड्यालस र सेरोफेरोमा रहेका नेपाली समुदायसँग नेपालको विकास, नेपालमा एनआरएनको लगानी अभिवृद्धिमा देखिएका चुनौतिहरुका बारेमा अन्तरकृया गर्ने कार्यक्रम रहेको एनअारएन अमेरिकाजका क्षेत्रीय संयोजक गाैरीराज जाेशीले जानकारी दिए । शनिबार दिउँसो ४ बजेदेखि नेपाली समाज टेक्ससको हल अर्भिङमा अन्तरकृया हुने गरि कार्यक्रम तय गरिएको छ । 
 
भट्टराइसँग अमेरिकामा नेपालीहरूको बाक्लो बसाइ रहेको शहरहरूमा अन्तरकृया गर्ने कार्यक्रम रहेको जोशीले जानकारी दिए । 
 
डा. भट्टराईका साथ उहाँकी पत्नी तथा पूर्ब मन्त्री हिसिला यमी पनि आउने कार्यक्रम छ । डा. भट्टराई दम्पत्तिले विश्वका सम्पन्नशाली तथा विकसित मुलुकहरुले गरेका प्रगतिका बारेमा बुझ्ने क्रममा गत महिना युरोपका देशहरुको भ्रमण गरेका थिए । त्यस क्रममा युरोपका उच्च अधिकारीहरु, नेपाली समुदायहरुसँग अन्तरकृया गरेका थिए । 
 
यसपटक भने अमेरिकामा नेपाली र अमेरिकी अधिकारी, अन्य देशका विद्वतवर्गहरुसँग अन्तरकृया गर्दै नेपाललाई समुन्नत बनाउनका निम्ति यहाँको प्रविधि, विज्ञतालाई लिनका लागि यो भ्रमण हुन लागेको हो । 
 
भट्टराइ गत संसदीय निर्वाचनमा गोरखा–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।