मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पुलिसलेनै अर्काको अपार्टमेन्टमा पसेर हत्या गरेपछि

पुलिसलेनै अर्काको अपार्टमेन्टमा पसेर हत्या गरेपछि


हिमालयखबर संबाददाता
ड्यालस (टेक्सस) – एउटा पुलिस अफिसरको दिमागले काम नगर्दा समाज र समाजलाई कति क्षती गर्छ भन्ने तथ्यलाई बिहीबार यहाँ भएको एउटा दुखद् घटनाले पुष्टी गरेको छ ।
 
ड्यालस पुलिस डिपार्टमेन्टमा काम गर्ने एक प्रहरी अधिकृत अम्बर गाइगरले विहीबार राति आफ्नो अपार्टमेन्ट भन्दै अर्कै व्यक्तिको अपार्टमेन्टमा पसेर त्यहाँ बस्ने एक युवकलाई गोली हानिन् । सामान्य सोधपुछ समेत नगरि ३० बर्षिया गाइगर गोली हानेको खुलेको छ । गाइगरलाई आइतबार पक्राउ गरेर जेल राखिएको छ ।
 
डाउनटाउन ड्यालस नजिकै रहेको साउथ साइड अपार्टमेन्टमा पसेर गाइगरले त्यहाँ बस्ने २६ बर्षिय बोथन सेम जिमलाई गोली हानेकी थिइन् । आफ्नो अपार्टमेन्ट भन्दै जिम बस्ने अपार्टमेन्टमा गएर गोली हानेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
क्यारेबियन टापु सेन्ट लुइसामा जन्मेका जिम हाल प्राइसवाटर कुपर नामक कम्पनीमा काम गरिरहेका थिए । उनका पिता त्यहाँको मन्त्री र आमा उच्च सरकारी अधिकृत हुन् ।
 
हत्या गर्ने प्रहरी अधिकृतको पहिचान भैसक्दा पनि पक्राउ नगरिएको विषय निकै आलोचना भएपछि आइतबार गाइगरलाई पक्राउ गरिएको हो । 
 
अमेरिकामा प्रहरीको व्यबहारको विषयलाई लिएर पछिल्ला दिनहरुमा निकै आलोचना बढिरहेको छ । असुरक्षाको महसुस हुनुभन्दा पहिलेनै जथाभावी गोली हान्ने, पक्राउ गरेकालाई अमानवीय व्यबहार गरिएका समाचारहरु दिन प्रतिदिन बढिरहेका छन् । 
 
डिउटी समयभन्दा बाहिर रहेकी गाइगरले अर्काको अपार्टमेन्टमा गएर गोली हानेर हत्या गर्नुले प्रहरीफोर्स प्रति सर्वसाधारणमा समेत आक्रोश बढाएको छ ।
 
केही दिन अघिमात्र अमेरिकी राज्य कोलोराडोमा एकजना नेपालीमाथि प्रहरीले बिना कारण गोली चलाउँदा २५ बर्षिय बीरेन्द्र ठकुरी मारिएका थिए । अहिलेसम्म उनलाई प्रहरीले मार्नु पर्नाको कारण खुल्न सकेको छैन ।
 
तस्बिर: सामाजिक संजाल