मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘हँसिया-हथौडामा मत माग्नु नै कांग्रेसको भूल’

‘हँसिया-हथौडामा मत माग्नु नै कांग्रेसको भूल’


नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा चितवनमा नेपाली कांँग्रेसका कार्यकर्ताले हँसिया-हथौडा चिह्नमा मतदान गर्नु नै भूल भएको बताएका छन् । 
 
आदर्श पात्र बीपीलाई सम्झदै उनले वर्तमान नेतृत्वको विरोध गरे । बीपीको विचार बोकेको कांग्रेस आज लाजमर्दो अवस्थामा पुगेको भन्दै गुरुङले देउवाकै कारण पार्टी कार्यकर्ताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणुलाई जिताउन हँसिया-हथौडामा भोट हाल्न पनि विवश हुनुपरेकोप्रति आक्रोश पोखे ।
 
सदरमुकाम विदुरमा बिपी विचार राष्ट्रिय समाजको आयोजनामा कांग्रेस नेता विष्णु आचार्यको ४५ औंँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा नेता गुरुङले पार्टीको सभापतिले हँसिया-हथौडामा मत माग्दै हिँडेर कांग्रेसको गरिमा घटाएको परिणाम नै कांग्रेसको हारको कारण भएको बताए । 
 
कार्यक्रममा कांग्रेस नेता गोविन्दराज जोशीले स्थानीय सरकारहरुले अस्वाभाविक रुपमा कर वृद्धि गरेर नागरिकमा संघीयताप्रति निराशा जगाउने काम गरेको विचार व्यक्त गरे । 
 
कार्यक्रममा कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले आचार्यको योगदानलाई पार्टीले भुल्न नहुने बताए । काँग्रेसका पुराना नेता आचार्यको गत साउन १२ गते ६३ वर्षका उमेरमा पाचन ग्रन्थीको अर्वुद रोगबाट निधन भएको थियो ।