मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महावीरसँग ड्यालसमा डिनर अन्तरकृया हुँदै

महावीरसँग ड्यालसमा डिनर अन्तरकृया हुँदै


 
ड्यालस (टेक्सस) – राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाबीर पुनसँग गैर आवासीय नेपाली संघ (एनआरएन) टेक्ससले आइतबार युलेसमा अन्तरकृया गर्ने भएको छ ।
 
आविष्कार केन्द्रलाई मुर्त रुप दिइ छाड्ने अठोट लिएर पुन त्यसका बारेमा प्रवासमा रहेका नेपाली समुदायलाई जानकारी गराउँदै हिँडेका छन् । यसै क्रममा आइतबार टेक्ससको ड्यालस/फोर्टवर्थका नेपाली समुदायसँग अन्तरकृया गर्न लागेका हुन् । 
 
‘एनआरएन टेक्ससले स्थानीय संघसंस्थाहरु समेतको सहभागितामा उहाँसँग बसेर छलफल गर्न लागेको हो,’ एनआरएन टेक्ससका अध्यक्ष भानु खरेलले भने । अमेरिकामै उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका महाबीरले डेढ दशक अघि म्याग्दीमा वायरलेस इन्टरनेट सेवा सञ्चालनमा ल्याएका थिए । जुन कामलाई उनले एसियाको नोबेल पुरस्कारका रुपमा लिइने म्यागासेसे पुरस्कार समेत पाएका थिए । 
 
आफ्नै प्रविधि र इन्नोभेसन नभएसम्म मुलुकले प्रगति गर्न नसक्ने धारणा राख्दै महाबीर आविष्कार केन्द्रको अवधारणा लिएर अनवरत रुपमा हिँडिरहेका छन् । उनीसँग आविष्कार केन्द्र, नेपालमा लगानीका लागि उपयुक्त स्थान लगायतका विषयमा छलफल केन्द्रित हुने एनआरएन टेक्सस अध्यक्ष खरेलले बताए । 
 
उक्त कार्यक्रमममा सहभागी भएर महाबीरका धारणा सुन्नका लागि एनआरएनले सबै नेपाली समुदायसँग आग्रह गरेको छ । आइतबार साँझ युलेसको फिसटेल रेष्टुरामा कार्यक्रम हुने जनाइएको छ । 
 
एनआरएन टेक्ससको वर्तमान नेतृत्वले समुदायसँग मिलेर बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । ‘यताको हाम्रो समुदाय र मातृभूमिसँग जोड्नका लागि हामीले कार्यक्रमहरु गरिरहेका छौं, भविष्यमा पनि धेरै यस्ता कार्यक्रमहरु गर्नेछौँ,’ खरेलले भने । 
 
पुन अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग भेटघाट र अन्तरकृयामा व्यस्त छन् । शनिबार उनले हुस्टनको नेपाली समुदायसँग छलफल गर्दैछन् । 
 
तस्वीर साभारः गुगल