मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डलर रुपैंयासँग अझ महंगो

डलर रुपैंयासँग अझ महंगो


हिमालयखवर संवाददाता
 
अमेरिका- नेपाली रुपैंयासँग अमेरिकी डलर महंगो हुने क्रम रोकिएको छैन । राष्ट्र बैंकले विहिवारका लागि तोकेको दर अनुसार प्रति एक डलर किन्न ११४ रुपैंया ८४ पैसा तिर्नु पर्ने छ । डलर बाणिज्य बैंकलाई विक्री गर्दा ११४ रुपैंया २४ पैसा पाइन्छ ।
 
यो दर भाउका आधारमा अमेरिकावाट नेपाल डलर पठाउँदा पहिले भन्दा फाइदा हुने छ । एक हजार डलर नेपाल पठाउंदा परिवारले करिव १ लाख १४ हजार पाउने छन् । यो अहिलेसम्मकै सवैभन्दा धेरै हो । त्यसैले नेपालमा व्यापार व्यवसाय गर्ने योजना छ भने यो डलर पठाउने उपयुक्त समय हो । नेपालमा शेयर बजारमा लगानी गर्दा पनि फाइदा हुन्छ । तर, शेयर बजारमा लगानी गरेको पैसा फेरी फेरि डलरमा अमेरिका फिर्ता ल्याउन भने समस्या हुन्छ । अनौपचारिक माध्यम हुण्डीकै भर पर्नु पर्छ ।
 
डलर महंगो भएकाले नेपालवाट पैसा ल्याउँदा भने नोक्सान पर्छ । नेपालबाट जहाज टिकट किन्ने, अमेरिका पढ्न आउने विद्यार्थी वा अमेरिका घुम्न आउनेलाई वेफाइदा छ ।
 
भारतको अर्थतन्त्रमा लगातार देखिएको उतार चढावले नेपालको मुद्रा बजारमा असर परेको हो । भारतका संचार माध्यमले डलर अझ महंगो हुने विश्लेषण दिएका छन् । वुधवार भारतमा डलर भारु सँग अझ महंगो भएको थियो । एक डलर  झण्डै ७२ भारु पुगेको छ । एक सय भारु बरावर १६० नेरु हुने भएकाले यही आधारमा नेपालमा डलरको मूल्य तोकिन्छ ।
 
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु, भारतको आयात निर्यात व्यापार विचको असन्तुलन लगायतका कारणले भारु कमजोर भएको हो  ।
 
नेपालको बैदेशिक व्यापार हेर्ने हो भने आयात र निर्यात विचको असन्तुलन निकै वढी छ । विदेशमा बस्ने नेपालीले कमाएर पठाउने करिव ७ सय अर्ब रुपैंया बरावरको रेमिट्यान्सले मात्र नेपालले विदेशी समानको किन्न सकेको छ । यो रेमिट्यान्समा केही प्रतिशत कमी आयो भने नेपालको अर्थतन्त्र ध्वस्त हुने जोखिम बढीरहेको छ । तस्बिर: सामाजिक संजाल