मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा नेपाली नेताहरूको बाक्लो जमघट

अमेरिकामा नेपाली नेताहरूको बाक्लो जमघट


हिमालय खबर संबाददाता
ड्यालस (टेक्सस) – नेपालका राजनीतिक नेताहरुको सबैभन्दा बढी जमघट हुने थलो अमेरिका हुन थालेको छ । 
 
हरेक साताजसो नेपालका राजनीतिक नेताहरु अमेरिका आइनै रहेका हुन्छन् । गत सातामात्र पूर्ब एमाले (हालको नेकपा) का नेता माधबकुमार नेपाल अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको एउटा ठूलो कार्यक्रममा सहभागी भए । उनीसँगै सोही पार्टीका नेता तथा पूर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका प्रभावशाली युवानेता तथा प्रवक्ता विश्वप्रकाश शर्मा पनि उक्त कार्यक्रममा सहभागी भए । 
 
नेकपाका नेता नेपाल फर्किसकेका छन् । शर्मा पनि फर्किने तयारीमा छन् । पूर्ब अर्थमन्त्री पाण्डे भने यतिखेर टेक्ससको ड्यालसका आफन्त तथा शुभेच्छुकहरुसँग भेटघाटमा छन् । पाण्डे ७ तारिक नेपाल फर्किदैछन् ।
 
मंगलबार बिहान ड्याल आइपुगेका पाण्डेले यहाँका नेपाली समुदाय, नेपाली व्यबसायीहरुसँग भेटघाट गर्ने तयारी गरिरहेका छन् । पाण्डेले ड्यालसमा रहेका नेपाली व्यबसायीहरुको संस्था चेम्बर अफ कमर्सका पदाधिकारी तथा व्यबसायीहरुसँग छलफल गर्ने तयारी गरिरहेका छन् । पाण्डेले पार्टी निकट प्रवासी मञ्चसँग पनि अन्तरकृया गर्नेछन् । 
 
नौ वर्ष अघि अर्थमन्त्री भएका पाण्डेले त्यतिखेर कठिन अवस्थामा पनि लोकप्रिय काम गरेर अर्थतन्त्रलाई सही ट्रयाकमा राख्न सफल भएका थिए । 
 
उता पूर्ब प्रधानमन्त्री तथा चर्चित अर्थमन्त्री डा. बाबुराम भट्टराई पनि केही सातापछि ड्यालस आउँदैछन् । झण्डै एक महिना लामो अमेरिका भ्रमणमा आउन लागेका भट्टराईले यहाँका नेपाली समुदायसँग अन्तरकृया, अनुभव आदान प्रदान गर्ने कार्यक्रम रहेको उनको निजी सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन् । 
 
विश्वको महाशक्ति राष्ट्र, विकासको गतिले लगभग पूर्णता पाएको अमेरिकाको विकास निर्माणलाई नजिकबाट जान्न÷बुझ्न तथा यहाँ अमेरिकामा बिभिन्न निकायमा रहेका नेपाली एवं विदेशी विद्वतवर्गलाई भट्टराइले भेट्ने र ज्ञान, अनुभवको आदान प्रदान गर्ने यो भ्रमणको मुख्य लक्ष्य रहेको छ । 
 
अर्को महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७३ औ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली सहितको उच्चस्तरीय टोली समेत अमेरिका आउने कार्यक्रम रहेको छ ।