मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एमाजोन दोस्रो १० खर्ब डलरको कम्पनी बन्यो

एमाजोन दोस्रो १० खर्ब डलरको कम्पनी बन्यो


हिमालयखवर संवाददाता
अमेरिका- अनलाइनवाट समान विक्री गर्ने एमाजोन एक ट्रिलियन अर्थात १० खर्ब अमेरिकी डलर बजार मूल्य हुने दोस्रो कम्पनी भएको छ । आईफोन, आईपोड बनाउने एप्पल पछि एमाजोन १० खर्ब डलर बजार मूल्य हुने कम्पनी भएको हो । यो नेपालको अर्थतन्त्र कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा कयौं गुणा वढी हो । विश्वका कयौं देशभन्दा एमाजोन र एप्पल कम्पनी धनी छन् ।
 
मंगलवार एमाजोनका शेयरको बजार मूल्य १० अर्ब डलर नाघेको अमेरिकी संचार संस्था सीएनएनले जनाएको छ । अमेरिकाको प्रमुख शेयर सुचक एसएण्डपी ५०० मा एप्पल र एमाजोनको भार ८ प्रतिशत भन्दा वढी हुन पुगेको छ ।
 
स्थापनाको २४ बर्षमा एमाजोनले आफ्नो बजार मूल्यमा १ पछि १३ वटा जिरो अर्थात १० अर्ब डलर पुर्याउन सकेको हो । बजारमा कारोवार भएको शेयर मूल्य र शेयर संख्या गुणना गरेर कम्पनीको मार्केट भ्यालु अर्थात बजार मूल्य निकालिन्छ ।
 
एमाजोन अहिले भारत लगायत विश्वका कयौं देशमा विस्तार भएको छ । अनलाइनवाट समान मगाउनुहोस तोकेको समयमा तपाईको ढोकामा आईपुग्छ । यही सजिलो सपिगंले गर्दा एमाजोन विस्तार हुदैं गएको हो ।
 
अनलाइन कारोवार वढ्दै जांदा कयौं पसलहरु वन्द भएका छन् । हामी वरिपरि देखिने कयौं सपिगं सेन्टरपनि एमाजोन लगायत अनलाइन कारोबारको वढ्दो सफलताले वन्द भएका हुन् । एमाजोनका प्रमुख जेफ बजोस अहिले संसारका सवैभन्दा धनाढ्य व्यक्ति भएका छन् ।
 
एमाजोनमा कयौं नेपाली पनि कार्यरत छन् ।