मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बसले किचेर बालिकाको मृत्यु

बसले किचेर बालिकाको मृत्यु


 
चितवन । पश्चिम चितवनमा स्कूल बसले किचेर सोमबार एक बालिकाको ज्यान गएको छ । 
 
भरतपुर महानगरपालिका–१४ मा रहेको सनलाइट इङ्लिश स्कूलको ग१ख २२२५ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया बालिका सम्झना मिजारको मृत्यु भएको हो । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोही वडाको लाहुरेचोकमा उक्त घटना भएको हो । स्कूलबाट विद्यार्थीलाई घर छोड्न हिँड्दा अपराह्न ४ः४० बजे सो दुर्घटना भएको हो । 
 
सोही बसमा आएकी मिजार बसबाट खसेपछि सोही बसले किचेको थियो । बसले किचेर घाइते भएकी मिजरको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । 
 
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका वडा नं २१ निवासी मिजार सोही विद्यालयमा नर्सरीमा अध्ययनरत थिइन् ।