मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कैलालीमा फुपूको छोराबाटै किशोरी बलात्कृत

कैलालीमा फुपूको छोराबाटै किशोरी बलात्कृत


धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–६ की १४ वर्षीया किशोरी फुपूको छोराबाट बलात्कारको शिकार बनेकी छन् । 
 
किशोरीमाथि ३३ वर्षीय हर्कबहादुर कुँवरले बलात्कार गरी फरार भएका छन् । कुँवर किशोरीको सहपाठीको बुबासमेत हुन् । भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 
 
आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा–७ मा अध्ययनरत छन् । बालिकाका आमा–बुवा पहाड ९अछाम० मा भएका बेला उनीमाथि बलात्कार भएको हो ।
 
कान्छा बाजेसँग बसेर स्कुल पढिरहेकी बालिकामाथि १३ गते बलात्कार भए पनि परिवारका सदस्यहरूले १५ गते मात्रै इलाका प्रहरी कार्यालय सुखडमा खबर गरेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 
आमा–बुबा पहाडमा रहेछन्, अनि बालिकाले प्रहरीलाई भन्दा पनि आफ्ना आमा–बुवालाई खबर गरिछन्, बुवा पहाडबाट आएपछि मात्रै प्रहरीलाई खबर गरियो’, प्रहरी उपरीक्षक घिमिरेले भने ।
 
पीडित बालिकाका बाबु र आरोपी कुँवरबीच एक वर्षअघि जग्गा कारोबार पनि भएको थियो । कुवँरले पीडित बालिकाका बाबुलाई जग्गा बेचेका थिए । घटना हुँदाको दिन बालिकाका बाजे बाख्राको खोर भएको स्थानका सुतेकाले एक्लै घरमा भएकी बालिकामाथि बलात्कार भएको प्रारम्भिक रुपमा खुलेको प्रहरीले जनाएको छ ।
 
बालिकाका बुबा आर्थिक अवस्था कमजोर भएका कारण कामका लागि भारत आवतजावत गर्छन् । यस पटक पनि केही दिनअघि उनी भारतबाट आएर छोरीलाई भेटी अछाम गएका थिए । 
 
भदौ १३ गते रातिको घटनाबारे इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार मात्रै उजुरी आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । उनले उजुरी आएलगत्तै कुँवरलाई पक्राउ गर्न प्रहरी गए पनि उनी फरार भएको बताएका छन् ।
 
कुँवरमाथि प्रहरीले जबरजस्ती करणीको मुद्दा दर्ता गरी खोजीकार्य जारी राखेको छ । कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे आइतबार घटनास्थल गएका छन् । उनले सादा पोशाकका प्रहरी परिचालित गरी कुँवरको तीब्ररुपमा खोजी भइरहेको बताएका छन् ।