मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खोलाले बगाएर श्रीमान श्रीमतीको मृत्यु

खोलाले बगाएर श्रीमान श्रीमतीको मृत्यु


जाजरकोट । रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । 
 
खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । बगेकोभन्दा करीब दुई सय मिटर तल उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । 
 
त्यस्तै श्रीमती तुलसाको शव भने शनिबार बिहान ७ बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करीब १५० मिटर तल शव फेला पारेको वडा नं ८ का वडासदस्य भीमबहादुर बाँठाले जानकारी दिए ।