मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुनलाइट आमाविमा स्काउटलाई दीक्षित

मुनलाइट आमाविमा स्काउटलाई दीक्षित


रत्ननगर । नेपाल स्काउट चितवनको आयोजनामा कालिका नगरपालिकाको मुनलाइट आमावि जुटपानीमा स्काउटहरुलाई दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । 
 
ब्सनका शिक्षा समिति अध्यक्ष चित्रबहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी स्काउटलाई स्काउट मास्टर दिनेश पाण्डेले दीक्षित गरेका थिए । 
 
नेपाल स्काउटका जिल्ला आयुक्त एवम् आईएसजीफ नेपालका उपसभापति तीर्थराज न्यौपानेले स्काउटहरुलाई स्कार्फ र ब्याच वितरण गर्दै स्काउटको मह¤वमाथि प्रकाश पारेका थिए ।
 
उनले स्काउटहरु अनुशासित र चरित्रवान बन्नुपर्ने जोड दिँदै दीक्षित स्काउटहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । दीक्षान्त कार्यक्रममा ध्रुव रायमाझी र ऋषि दुवाडीले मन्तव्य दिएका थिए ।