मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

नर्थ क्यारोलाइनकी नीलमलाई मदन पुरस्कार

नर्थ क्यारोलाइनकी नीलमलाई मदन पुरस्कार


काठमाडौं । २०७४ सालमा प्रकाशित साहित्यीक कृतिहरु मध्यबाट ‘योगमाया’ ले मदन पुरस्कार प्राप्त गरेको छ । 
 
हाल नर्थ क्यारोलाइनामा बसोबास गर्र्दै आएकी साहित्यकार नीलम कार्की ‘निहारिका’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको मदन पुरस्कार गुठीले जनाएको छ । कार्कीले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्यमा योगदान गर्दै आएकी छिन् ।
 
उनको ऐतिहासिक तथ्यमा आधारित योगमाया कृति पछिल्लो समयमा निकै चर्चित छ । मदन पुरस्कारका लागि दुईसय ५३ कृतिहरु सूचिकृत भएका थिए । ती मध्य उत्कृष्ठ ८ मा कैरन, नाथिया, पाठशाला, भुईया, यार, योगमाया, लिम्बुनी गाउँ र हिमाली दर्शन परेका थिए । पुरस्कारको राशी दुईलाख रुपैयाँ रहेको छ । 
 
यसैगरि गुठीले २०७४ सालको जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गर्ने निर्णय गरेको छ । मानन्धरले विगत पाँच दशकदेखि बाल साहित्यको विकास र प्रवर्धनमा योगदान गर्दै आएका छन् ।