मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

लसएन्जल्सका नेपाली कलाकारहरूको सहकार्यमा म्यूजिक भिडियो सार्बजनिक

लसएन्जल्सका नेपाली कलाकारहरूको सहकार्यमा म्यूजिक भिडियो सार्बजनिक


लसएन्जलस (अमेरिका) – नेपालमा रहँदा बिभिन्न बिधामा सक्रिय कलाकर्मीहरु प्रवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उध्येश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने क्रममा लसएन्जल्समा बसोबास  गर्ने कलाकारहरुको सहकार्यमा “भन पहिले” बोलको म्यूज़िक भिडियो तयार गरिएको छ ।
 
जसमा एस .राज प्रोडक्शनका डाइरेक्टर एस. राज (शंकर वाग्ले)का गित रचना, भिंडियों तथा निर्देशन रहेको छ । उनले यसअघि नेपाली चर्चित टेलिफ़िल्म मेरी बास्सैमा निकै रुचाईएको भुमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए भने कान्तिपुर टेलिभिजनको घरबेटी -बा टेलिश्रखलामा समेत प्रमुख भुमिकामा रहेर अभिनय गरेका थिए । 
 
उनले भर्खरै आफ्नो जन्म दिनको अवसरमा एस राज (शंकरराज वाग्ले) ले “भन पहिले “ नामक म्यूज़िक भिडियो सार्वजनिक गरेका छन् । 
 
यसमा स्वर/ संगीत गायककार नरेन्द्र प्यासीको रहेको छ एवं मुख्य कलाकारहरु यम चापागाई, रोशीना कोईराला, अमित लुईटेलको मुख्य भुमिका रहेको छ । त्यस्तै बिदुर पाठकले  स्क्रिन प्लेको भुमिका गरेका छन् भने भिंडियों एस राज प्रोडक्सनबाट सार्वजनिक गरिएको छ। 
 
यस कार्यक्रममा भिडियोलाई सार्वजनिक गर्दै सम्पुर्ण कलाकर्मीहरुलाई नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को अध्यक्ष सुदिप पन्तले बधाई तथा शुभकामना ब्यक्त गर्दै   एस राज प्रोडक्शनका राम्रो युवा टिम र राम्रो कार्यको प्रसंसा गरेका थिए र सो कार्यक्रममा लसएन्जल्सबासी सम्पुर्ण पत्रकारहरु,फेरी भेटौला भन्ने नेपाली फिल्मको नायक रत्न थापा लगायत  संगितलाई माया गर्ने ब्यक्तित्व तथा कलाप्रेमीहरुको उपस्थिति रहेको थियो ।