मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘नाइ नभन्नु ल–५’ ले अमेरिकामा एकसय शो गर्दै

‘नाइ नभन्नु ल–५’ ले अमेरिकामा एकसय शो गर्दै


 
ड्यालस (टेक्सस) – कथावस्तु फरक भएपनि धारावाहिक रुपमा निर्माण भइरहेको नेपाली चलचित्र ‘नाई नभन्नु ल–५’ यही सप्ताहन्तदेखि अमेरिकाभरि प्रदर्शनमा आउने भएको छ । 
 
आइतबार ड्यालसमा पत्रकार सम्मेलनको आयोजना गरेर निर्माताद्वय हरिबोल भण्डारी र गौरीराज जोशीले अमेरिकाभरि नेपाली समुदायको बाक्लो उपस्थिती भएको स्थानमा फिल्मलाई प्रदर्शन गर्ने जानकारी दिए । आउँदो शुक्रबारदेखि ड्यालसका दुई हलमा ‘नाई नभन्नु ल–५’ एकै साथ प्रदर्शन हुँदैछ ।
 
ड्यालसका अतिरिक्त लसएन्जलस, सानफ्रान्सिस्को, डेनभर, भर्जिनिया, न्यूयोर्क, ह्युस्टन, अस्टिन, बाल्टिमोर, सियाटल लगायतका स्थानहरुमा यो फिल्मलाई प्रदर्शन गरिनेछ । अमेरिकाभरिमा कम्तिमा एकसय शो प्रदर्शन गरिने फिल्म वितरणको जिम्मा लिएको ‘नेपाल–११ इन्टरटेनमेन्ट’ ले जनाएको छ ।
 
गत शुक्रबारदेखि नेपालमा प्रदर्शन सुरु भएको नाई नभन्नु–५ ले निकै राम्रो प्रतिकृया पाएको छ । पहिलो दिन ४६  लाख अल नेपाल ओपनिङ कलेक्सन गरेको थियो भने शनिबार एक करोड २ लाख कलेक्सन गरेको छ ।
 
अर्थात शनिबार मात्रै फिल्मले मोफसल तर्फ ४९ लाख ८१ हजार र राजधानीका २४ वटा हलबाट  ५२ लाख १९ हजार कारोबार गरी कूल १ करोड २ लाख बराबरको कारोबार गरेको हो ।
 
‘तपाइहरूले सबैले नेपाली फिल्मलाइ हेरिदिनुभयो भने प्रत्यक्ष र अप्रत्यक्ष दुबैरूपमा नेपाललाइ फाइदा हुनेछ, भण्डारीले भने । नेपाली मुभीलाइ विदेशमा रहेका नेपालीहरूले हेरिदिने र प्रतिकृया दिने हो भने त्यसबाट नेपालमा गुणस्तरीय चलचित्रहरू बन्नसक्ने धारणा भण्डारीको थियो ।
 
अर्का निर्माता तथा एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले पनि नेपाली कला, संस्कृतिलाइ सहयोग गर्नका लागि फिल्मी क्षेत्रमा लगानी गरेको बताए । जोशीले विदेशमा रहेका नेपालीहरूले गुणस्तरीय फिल्म प्रति रूची देखाएकोले नाइ नभन्नु ५ बाट त्यो चाहना पुरा हुने समेत बताए ।
 
‘हामी यो फिल्मबाट हुने आम्दानीको केही हिस्सा नेपालमा सामुदायीक सेवामा समेत लगानी गर्नेछौँ,' उनले भने । फिल्मी क्षेत्रमा जोशीको यो पहिलो लगानी हो । भण्डारीले पनि यसअघिनै दुइ वटा फिल्ममा लगानी गरिसकेका छन् । 
 
पत्रकार सम्मेलनमा नेपाल–११ इन्टरटेनमेन्टका प्याट्रिक सुवेदीले नेपाली समुदायले गुणस्तरीय र मनोरञ्जनात्मक नेपाली चलचित्रको खोजी गरिरहेको र त्यसको माग अमेरिकामा बढी रहेको उल्लेख गरे । उनले आफ्नो कम्पनी स्थापना भएको छोटो अवधिमै ६ वटा नेपाली फिल्म अमेरिकामा प्रदर्शन गरिसकेको समेत बताए । ती मध्य सबैभन्दा बढी शत्रुगतेको ड्यालसमा ५० वटा शो भएको थियो । 
 
डेढ करोड रूपैँयाको लगानीमा तयार भएको नाइ नभन्नु ल–५ पछि गैर आवासीय नेपालीहरूले फिल्मको क्षेत्रमा अझै आक्रामक रूपमा लगानी बढाउने योजना रहेको सुनाए । ‘नेपाली दर्शकहरूले मन पराइदिनुभयो, उत्साह दिनुभयो भने हामी गैर आवासीय नेपालीहरूले संस्थागत रूपमै यो क्षेत्रमा लगानी गर्नेछौँ,' भण्डारीले भने ।
 
कार्यक्रमको सञ्चालन नेपाल इन्टरटेनमेन्टकी अदिती खरेलले गरेकी थिइन् । त्यस अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, पूर्व अध्यक्ष कृष्ण लामिछाने, एनअारएन अमेरिकाका पदाधिकारीहरू, सल्लाहकार, जनसम्पर्क समितिका पदाधिकारीहरूको उपस्थिती थियो । 
 
नाइ नभन्नु ल–५ मा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दिलिप रायमाझी, बुद्धी तामाङ, अनुभव रेग्मी, सेड्रिना शर्मा, जयनन्द लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो सिनेमा मार्फत नायिका निरुता सिंह छोटो भुमिकामा भए पनि देखिदैछिन् । सिनेमामा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।