मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चौबिस बर्षिया दिलाशा भइन् ‘मिस नेपाल–युएस’

चौबिस बर्षिया दिलाशा भइन् ‘मिस नेपाल–युएस’


हिमालयखवर संवाददाता- 
ड्यालस (टेक्सस) – मिस नेपाल–युएसको ताज २४ बर्षिया दिलाशा न्यौपानेले पहिरिएकी छिन् । आइतबार टेक्ससको प्लानो सिटीमा आयोजना भएको ग्राण्ड–फाइनलमा बाँकी १६ प्रतिस्पर्धीलाई उछिन्दै न्यौपानेले छैठौं मिस नेपाल–युएसको उपाधि जितेकी हुन् ।
 
बोलीमा असाध्यै स्पष्ट र आत्मविश्वासीका रुपमा प्रस्तुत भएकी न्यौपानेले अन्तिम फाइनल राउण्डमा पुगेका तीनजनाबीच आपूmलाई अब्बल साबित गरेकी थिइन् । काठमाडौंको नयाँ बानेश्वरमा जन्मिएर हाल मध्य अमेरिकी राज्य नेब्रास्कामा बस्दै आएकी न्यौपाने मिस नेपाल–युएसको ताज पहिरिँदा निकै भावुक र हर्ष विभोर थिइन् । 
 
हाल न्यूयोर्कमा कार्यरत न्यौपानेले नेपालमा मेन्टल हेल्थको समस्या रहेको र त्यसमा काम गर्ने इच्छा देखाएकी छिन् । उनले ‘मिस एकाडेमिक एक्सिलेन्ट’ को उपाधि समेत हात पारेकी छिन् । 
 
उता प्रतियोगिताको ‘फस्ट रनर–अप’ को उपाधि २२ बर्षिया पोसा घर्ती थापाले जितेकी छिन् । सटिक उत्तर दिएर आत्मविश्वासी पहिचान बनाएकी पोसाले फस्ट रनर अपका साथै बेस्ट पर्सनालिटी, मिस कल्चर र मिस पर्सनालिटी लगायत चार विधामा उत्कृष्ठ हाँसिल गरिन् । 
 
चार वर्षको उमेरमा परिवार सहित अमेरिका आएकी पोसा हाल टेक्ससको लबक सिटीमा बस्छिन । हाल नर्सिङ विषयमा मास्टर्स तहमा अध्ययनरत पोसाले पिएचडीसम्म अध्ययन गर्ने र नेपालमा स्वास्थ शिविर सञ्चालन गरेर स्वास्थ क्षेत्रमा चेतना जगाउन तिर लाग्ने बताएकी छिन् ।
 
प्रतियोगिताको ‘सेकेण्ड रनरअप’ को उपाधि भने कृति ढुंगेलले जितेकी छिन् । कोलोराडोबाट सहभागी कृति हालै टेक्सस टेक युनिभर्सिटीबाट ग्राजुएट भएकी हुन् । काठमाडौंमा जन्मिएकी २१ बर्षिया कृतिले संयुक्त राष्ट्रसंघ मार्फत काम गर्ने इच्छा व्यक्त गरेकी छिन् । 
 
पब्लिक च्वाइसमा आइशाः
भोटिङको आधारमा विजेता घोषणा हुने ‘मिस पब्लिक च्वाइस’ को उपाधि टेक्ससको युलेस निवासी २२ बर्षिया आइसा ओझाले जितेकी छिन् । उनले प्रतियोगी १७ जनामध्य सबैभन्दा बढी भोट प्राप्त गरेकी थिइन् । 
 
मिस पब्लिक च्वाइस उपाधि विजेतालाई नेपालमा सम्पदा तथा पुरातात्विक क्षेत्रमा काम गर्दै आएको सोरवे फाउण्डेसनले गुडवील एम्बेसडर भएर काम गर्ने अवसर मिल्नेछ । सोरवे फाउण्डेसन नेपालका लागि पूर्ब अमेरिकी राजदूत स्कट डेलिसीको सकृयतामा स्थापित संस्था हो । 
 
आइसाले मिस सोसीयल एक्सिलेन्स उपाधी समेत जितेकी थिइन् । उनी ड्यालसमा नेपाली समुदायले आयोजना गर्ने हरेक सामुदायिक कार्यक्रममा सकृयताका साथ काम गर्दै आएकी छिन् । 
 
‘युवा सशक्तिकरण र नेपाल प्रवद्र्धन’ को लक्ष्यका साथ मिस नेपाल युएस आयोजना गरिएको हो । प्रतियोगितामा अमेरिकाका पूर्बी भेगका राज्यदेखि पश्चिमी भेगका राज्यहरुबाट समेत सहभागिता थियो । 
 
 
कार्यक्रममा मिस डिसिप्लिन तर्फ अदिती श्रेष्ठ, मोस्ट फोटोजेनिक तर्फ निलिया गुरुङ, मिस क्याटवाक तर्फ बिना श्रेष्ठ, मिस ट्यालेन्स तर्फ स्विकृती भट्टराई, मिस नेपाल टेक्सस बियंका अधिकारीले उपाधि जितेका थिए । 
नेपाल इन्टरटेनमेन्ट एलएलसीको आयोजनामा भएको मिस नेपाल युएसमा सहभागीहरुलाई एक हप्तासम्म बन्द प्रशिक्षणमा राखिएको थियो । 
 
‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतबाट सुरु भएको मिस नेपाल युएस कार्यक्रमको बीचबीचमा गायक निमा रुम्बा, पिएफएस लिफ़र्श ब्याण्ड, एफवान व्याण्डले आफ्नो प्रस्तुति दिएका थिए । १७ प्रतिस्पर्धीमध्यबाट उनीहरुको प्रस्तुती हेरेर टप टेन, त्यसपछि टप फाइभ छनौट गरिएको थियो । टप फाइभलाई भने तीन मिनेटको समय दिएर उत्तर लेख्न लगाइएको थियो । त्यही जवाफको आधारमा टप थ्री छनौट गरिएको थियो ।