मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

भीमफेदी गाइजको नयाँ गीत चुन सुपारी सार्वजनिक (भिडियो)

भीमफेदी गाइजको नयाँ गीत चुन सुपारी सार्वजनिक (भिडियो)


चितवन । पछिल्लो समयका निकै नै चर्चित रहेका भीमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । 'चुन सुपारी' बोलको डान्सिङ नम्बरको उक्त गीतलाई शुक्रबार बुढा सुब्बाको अफिसियल युट्यूब च्यानलमार्फत रिलिज गरिएको हो ।
 
गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुवेदीको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ।
 
निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पादन रहेको छ । काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भीमफेदी गाइजको डान्स निकै लोभ लाग्दो देखिन्छ । हेर्नुहोस् माथि भिडियोमा –