मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

विदेशमा वस्ने नेपालीलाई नागरिकता सहज वनाउन एनआरएन अमेरिकाले लविगं गर्ने

विदेशमा वस्ने नेपालीलाई नागरिकता सहज वनाउन एनआरएन अमेरिकाले लविगं गर्ने


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासिय नेपाली संघ अमेरिका (एनआरएन अमेरिका) ले संसदमा हालै प्रस्तुत नागरिकता विद्येयकमा विदेशमा स्थायी रुपमा वसोबास गर्ने नेपालीलाई दिने भनिएको नागरिकतासंग जोडिएका केही प्रावधान अस्पष्ट र विरोधाभासपुर्ण भएकाले सच्याउनका लागि लगिबं र दवाव दिने निर्णय गरेको छ । 
 
एनआरएन अमेरिकाको शुक्रवार भएको आकस्मिक वैठकले उक्त निर्णय गरेको हो । बैठकको शूरुमा कानुनविद् तथा एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र जीसीले संसदमा प्रस्तुत उक्त नागरिकता विद्येयकमा भएका अप्ठ्यारा प्रावधानका वारेमा बोलेका थिए ।
 
उक्त विद्येयकमा विदेशमा स्थायी रुपमा वस्ने नेपालीले एनआरएन नागरिकता लिन पहिलेको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाण दिनुपर्ने उल्लेख छ । यस्तै गृहमन्त्रालयमा मात्र निवेदन दिन पाइने, सरकारले नदिनपनि सक्ने जस्ता दुख्ख दिन सकिने प्रभावधानहरु उक्त विद्येयकमा छन् । 
 
अमेरिकाको नागरिकता लिदा नेपालको नागरिकता त्याग्नुपर्ने प्रावधान यहां छैन । अमेरिकाले दोहोरो नागरिकतालाई स्विकार गरेको छ ।
 
एनआरएन नागरिकता सहज र सुलभ रुपमा प्राप्त होसभन्ने माग एनआरएन अभियानले शुरु देखिनै उठाउंदै आएको छ । वर्तमान संविधानमा विदेशमा वस्ने नेपालीलाई एनआरएन नागरिकता दिने उल्लेख छ । यही अनुसार नयां नागरिकता कानुन संसदमा प्रस्तुत भएको हो । एनआरएनएको मुख्य माग नेपाली नागरिकताको निरन्तरता नै हो । तर, यो व्यवस्था भने संविधानमा छैन । 
 
संसदमा प्रस्तुत उक्त विद्येयक संसदिय समितिमा छलफलका लागि पठाईन्छ । स्विकृत भए राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि जान्छ । त्यसपछि कानुन बन्छ । 
 
विदेशमा वस्ने नेपालीलाई दिइने नागरिकता सहज र सुलभ वनाउन एनआरएन अमेरिका आफ्नो केन्द्रिय तह एनआरएनए, संसद र सरकारसमक्ष लविगं र दवाव दिनुपर्ने पक्षमा छ । 
 
एनआरएन अमेरिकाको उक्त आकस्मिक वैठकले खगेन्द्र जीसीलाई संयोजक तोकेर नागरिकता विद्येयकका स्पष्टता हटाउन समिति वनाई लविगं गर्ने सर्वसम्वत निर्णय गरेको छ । तर, जीसी भने यो निर्णय हुदां आफ्नो भनाई राखेर बैठकवाट विदा भएका थिए । जीसीले संयोजक वन्न स्विकार गरे त्यसअनुसार समिति वन्ने छ । जीसी एनआरएन नागरिकता समितिका संहसंयोजक पनि हुन् । दोहोरो नागरिकताका लागि जीसीले यस अघिपनि पटक पटक विभिन्न तहमा लबिगंहरु गरेका थिए ।