मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिकागोल्याण्ड मैत्री समाजको साधारण सभा हुँदै

सिकागोल्याण्ड मैत्री समाजको साधारण सभा हुँदै


सिकागो, (अमेरिका)। सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीको छैटौ साधारण सभा तथा सम्मेलन यही अगस्ट १९ मा हुने भएको छ । उक्त सम्मेलन सम्पन्न गर्न सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । 
 
संस्थाले छैटौ साधारण सभा तथा सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु गठन गरेको छ । अध्यक्ष टेकराज पौडेलको संयोजकत्वमा गठित प्रगति प्रतिबेदन लेखन समितिले तयार पारेको प्रतिबेदन कार्यसमितिबाट पारित गरि मुद्रण भै सकेको जनाएको छ ।
 
संस्थाले बिगत दुइ बर्षमा गरेका नियमित कार्यको साथ साथै ट्युमर पीडित अशोक श्रेष्ठको उपचारमा गरेको सहयोग,  नेपालको तराइका बाढी पीडितहरुको लागि सहयोग, लक्ष्मी प्रतिष्ठानका दुइ बिधार्थिहरुलाई गरेको सहयोग गरेको छ । 
 
 त्यसैगरि कोषाध्यक्ष मुकेशकुमार चौधरीको नेतृत्वमा बनेको आर्थिक प्रतिबेदन तयारि समितिले विगत दुइ बर्ष भित्रको आर्थिक गतिविधिको आनतरिक लेखा परिक्षण गराई सम्मेलनमा प्रस्तुत गर्ने गरि आर्थिक प्रतिबेदन मुद्रण भैसकेको छ । 
 
वरिष्ठ उपाध्यक्ष इश्वरी पाठक (कृष्ण) को नेतृत्वमा बनेको नागरिक अभिनन्दन सम्मान समितिले संस्थाको लागि काम तथा सहयोग गर्ने विभिन्न विधामा करिब २५ जना व्यक्तित्वहरुलाई सम्मान अभिनन्दन गर्न सिफारिश गरेको छ ।
 
हरेक दुइ बर्षमा हुने सम्मलेनमा नयाँ नेतृत्व समेत गठन हुने भएकोले संस्थाले पुर्व अध्यक्ष खेमप्रसाद पाठकको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कमिटि गठन गरेको थियो । अगस्ट ९ बाट १४ तारिखसम्म सम्म इच्छुक व्यक्तिहरुलाई उम्मेद्वारी दिन इमेल मार्फत अनुरोध गरिएको छ । 
 
संस्थाले छैठौ सम्मेलन बिशेषांकको रुपमा सिएन एफ एस दर्पण नामक बुलेटिन प्रकाशन गरेको छ । बुलेटिनमै प्रगति प्रतिबेदन आर्थिक प्रतिबेदन लगायत सिकागो साहित्य समाज र अन्य गतिबिधिहरु समाबेश भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।