मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बरिष्ठ अभिनेता निर शाहलाई कोलोराडोमा अभिनन्दन गरिने

बरिष्ठ अभिनेता निर शाहलाई कोलोराडोमा अभिनन्दन गरिने


कोलोराडो (अमेरीका)- अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा बरिष्ठ अभिनेता निर शाहलाई कोलोराडोमा अभिनन्दन गरिने भएको छ । 
 
श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत अगष्ट २५ तारिकका दिन कोलोराडो स्थित म्याकरेक सेन्टर वेष्टमिनिष्टरमा बरिष्ठ अभिनेता निर शाहलाई अभिनन्दन गर्न लागिएको हो ।   
 
२०२४ सालमा हिरासिंह खत्रीद्धारा निर्देशित चलचित्र परिबर्तनबाट अभिनययात्रा शुरु गरेका निर शाहले हाल सम्म ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरि सकेका छन् । शाह बरिष्ठ अभिनेता, प्रशिद्ध गीतकार, कवी, चलचित्र लेखक, निर्देशक, संगीत नाट्य बिभागका पूर्व प्राज्ञ, नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महा प्रबन्धक समेत हुन् । यस्ता बहु प्रतिभाशाली ब्यक्ती अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको निमन्त्रणलाई स्विकार्दै कोलोराडो आउन लागेका हुन् । 
 
अभिनन्दन समारोहमा शाहको प्रवचन, तथा अभिनय प्रदर्शन कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले बताएका छन् । यस विशेष अवसरमा आना लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई ढु¨ेलले अनुरोध गरेका छन् ।
 
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हदै आएको छ ।