मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेविसंघ शहीद स्मृतिमा नयाँ नेतृत्व

नेविसंघ शहीद स्मृतिमा नयाँ नेतृत्व


चितवन । नेपाल विद्यार्थी संघ शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगरको इकाइ समितिको बैठकले पुनः इकाइ सभापति अनुप थापाको सभापतित्वमा नयाँ कार्यसमिति पुनर्गठन भएको छ । 
 
समितिको उपसभापतिमा श्रवण पन्त र कल्याण अर्याल चयन भएका छन् । यस्तै सचिवमा प्रकाश शाह, सहसचिवमा अनुप वाग्ले र कोषाध्यक्षमा सुरक्षा आचार्य चयन भएका छन् । 
 
बैठकले सदस्यहरुमा सागर भट्टराई, प्रवीन वाग्ले, रमेश कार्की, सौभाग्य खनिया, मनीषा जैसवाल, सविना सापकोटा, जयराम अधिकारी, सन्तोष दुवाडी र कपिल खनाललाई चयन गरिएको छ । 
 
सभापति थापाले शहीद स्मृति बहुमुखी क्याम्पसका विद्यार्थीहरुको शैक्षिक, रचनात्मक एवम् समग्र प्रशासनिक सुधारका लागि आफ्नो नेतृत्व अपरिहार्य रहेकोले पुनः नेतृत्वमा रहेर काम गर्ने बताए ।
 
नेविसंघले विद्यार्थीहरुको हकहितमा सदा समर्पित रहेको भन्दै क्याम्पस प्रशासनलाई स्वेच्छाचारी हुनबाट रोक्न नेविसंघले भूमिका खेल्ने बताए । फोटो : फाइल